बुद्ध एयरको जहाज ‘स्याल’सँग ठोक्कियो

काठमाडौँ । त्रिभुवन विमानस्थलबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको विमान ‘स्याल’सँग ठोक्किएको छ । प्रहरीका अनुसार एटिआर–७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।

अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेका थिए । स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल रहेको विमानमा सामान्य क्षति भएको जनाइएको छ ।

Comments
Loading...