मनाङका बाढी पीडितलाई अर्थमन्त्री बरालद्धारा राहत रकम हस्तान्तरण

हिमाली आवाज । मनाङका बाढी तथा पहिरो प्रभावितहरुलाई गण्डकी प्रदेश सरकारले बिषेश सहयोग हस्तान्तरण गरेको छ ।
आइतबार नासो गाउँपालिकामा एक समारोहकाबीच गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल (जीवन) सहितको टोलीले बाढी तथा पहिरो पूर्ण प्रभावित७४ घर परिवारलाई बिषेश राहत एंव सहयोग हस्तान्तरण गर्नु भएको हो ।

नासो, चाँमे लगायतका गाउँपालिकाका प्रभावितहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको बिषेश सहयोग रु दई लाख रुपैया बराबरको चेक मन्त्री बराल सहितको टोलीले सहयोग हस्तान्तरण गरेको हो । यस अघि प्रभावित क्षेत्रमा केही समय अघि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थ मन्त्री बराल सहितको टोलीले अवलोकन गर्दै उक्त रकम सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

अर्थमन्त्री बरालले हाल प्रदेश सरकारले पूर्ण घर क्षेति भएकाहरुलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराएको बताउदै आंसिक क्षेती भएको एकिन तथ्याङक संकलन गर्न समेत आग्रह गर्नु भएको छ । प्रदेश सरकारले ढिलै भएपनि उक्त रकम उपलब्ध गराएको सो रकमलाई उचित ढंगले प्रयोग गर्न मन्त्री बरालले प्रभावितहरुलाई आग्रह समेत गर्नु भएको छ ।

नासो गाउँपाालिकाका अध्यक्ष चन्द्र घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद चिन्ताबहादुर घले, मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, गण्डकी प्रदेश अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, उपसचिव शन्तराज तिवारी, मन्त्रीका निजी सचिव कृष्णप्रसाद पौडेल, नासो गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वासुदेव भेटवाल, स्वास्थ्य शाखाप्रमुख तुल्सीराम गुरुङ लगायतको सहभागिता रहेको थियो । स्मरणरहोस असार एक गते आएको बाढी तथापहिरोले गर्दा मनाङ क्षेत्रमा ठुलो क्षती पुगेको थियो ।

Comments
Loading...