आइटिएफ वल्र्ड टेनिस : महिला एकलतर्फ सलोनी तामाङलाई उपाधि

हिमाली आवाज । ‘आइटिएफ गल्र्स÷ब्वाईज यू–१८ वल्र्ड ¥याङकिङ टेनिस टुर जे–५ सर्किट–२’ अन्तर्गत महिला एकलतर्फ नेपालका सलोनी तामाङले उपाधि जित्नु भएको छ ।पोखरा रङ्गशाला स्थित टेनिस कम्प्लेक्समा आज सम्पन्न फाइनलमा नेपालकै सर्भानी श्रेष्ठलाई टाइब्रेकरमा पराजित गर्दै तामाङले उपाधि हासिल गर्नुभयो ।

खेलको पहिलो सेट ६–४ अङ्कले आफ्नो पक्षमा पार्नु भएका तामाङले दोस्रो सेट ४–६ अङ्कले गुमाउनुभएकामा अन्तिम तथा फाइनल सेट ६–१ अङ्कले आफ्नो पक्षमा पार्न सफल हुनुभयो । तामाङले गत साता सम्पन्न सकिर्ट–१ को उपाधि समेत जित्नुभएको थियो ।

पुरुष एकलतर्फको उपाधि हङ्गेरीका लोरान्ट ग्योरीले हासिल गर्नुभयो । स्विडेनका इमिलियो जियलकोस्कीलाई ६–३ र ७–५ अङ्कले पराजित गर्दै उहाँले उपाधि जित्न सफल हुनुभएको हो ।पुरुष ‘डबल्स’को उपाधि भने भारतका कविर र दक्षप्रसादको जोडीले अमेरिकाका सिद्धार्थ लामा र मिथ्रे ब्यारेटको जोडीलाई पराजित गर्दै उपाधि चुम्न सफल हुनुभयो ।

महिला ‘डबल्स’को उपाधि भने भारतका नियती कुक्रेती र हाना नागपालको जोडीले जितेको छ । उहाँहरुको जोडीले आफ्नै देशको रीया दुगर र तनुश्री पाण्डेको जोडीलाई पराजित गरेको थियो ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, नेपाल टेनिस सङ्घका केन्द्रीय अध्यक्ष ज्योति राणा लगायतले मेडल र प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको थियो ।

समापन समारोहमा टेनिसको विकासमा महत्वपूर्ण योगदान गर्ने हेमबहादुर लामालाई दोसल्लाबाट सम्मान गरिएको कास्की जिल्ला टेनिस सङ्घका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला टेनिस सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल सहित १० देशका ८८ जना खेलाडीहरुको सहभागिता थियो । अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आइटिएफ)सँगको सहकार्यमा प्रतियोगिता गरिएको हो ।

Comments
Loading...