मर्दी हिमालको आधार शिविरमा ‘विन्टर स्की’महोत्सव

हिमाली आवाज । कोरोना महामारीका कारण थलिएको पर्वतीय पर्यटन प्रवद्र्धनका लागि कास्कीको प्रसिद्ध मर्दी हिमालको आधार शिविरमा साहशिक ‘समर स्की’ महोत्सव हुने भएको छ ।

पर्यतीय पर्यटनको आधार रहेको स्की खेल हिउँमा चिप्लिएर खेलिने साहशिक र रोमाञ्चक खेल हो । हिउँले ढाकिने अग्ला चुचुरा र डाँडाहरुम खेलिने यस खेल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।

दीगो हिमालयन कोषको आयोजनामा आगामी माघ २७ देखी फागुन ३ गतेसम्म सो महोत्सव गर्न लागिएको आयोजक संस्थाका संस्थाका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो ।

पछिल्लो समय साहशिक पदयात्रा र हिमाल आरोहणका लागि मर्दी हिाल लोकप्रिय गन्तव्य बनेको छ । छोटो समयमा पर्यतीय पर्यटन र पदयात्राको आनन्द लिन पाइने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।

मर्दीमा हुने सो प्रतियोगिताले यस क्षेत्रको पर्यटन चलायमान बनाउन सहयोग पुग्ने विश्वास समेत लिइएको छ । अग्ला हिमाल र चुलीको पहिचान बोकेको नेपालमा स्की खेल पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका सदस्य प्रभात अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार महोत्सव सम्पन्न गर्न रु १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ महोत्सवमा भाग लिनेहरुको बिमाका लागि रु दुई लाख २० हजार विनियोजन गरिएको बताइन्छ ।सो संस्थाले मर्दीमा गर्न लागेको स्की महोत्सव आठौं संस्करण चरणको हो । यस अघि मनास्लु, कालिञ्चोक लगायतका स्थानमा यो महोत्सव भईसकेको आयोजक बताइन्छ ।

अन्तर्राष्ट्रिय स्की प्रशिक्षक कृष्ण थापा मगरको प्रशिक्षण तथा सहजीकरणमा यो महोत्सव हुन लागेको स्थानीय व्यवस्थापक सुदीप गौतमले जानकारी दिनुभयो । उहाँले यस महोत्सवले मर्दी हिमाल पदयात्रालाई झनै प्रचार प्रसार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवमा सँस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालय,गण्डकी प्रदेशको उद्योग, पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण संघ, टान, गण्डकी अल्पाईन क्लव लगायतका सँस्था तथा मन्त्रालयले सहकार्य गरेका छन् ।महोत्सव अन्तरगत पदयात्रा, आधारभुत स्की तथा स्नोबोर्ड तालिम, जीवनरक्षा तालिम, स्थानीय समुदायसँग अन्तरक्रिया तथा स्की सम्बन्धि बृत्तचित्रहरु प्रदर्शन गरिने बताइन्छ ।

संस्थाले छ पटकसम्म लाङटाङ क्षेत्रमा स्कीको तालिम गराईसकेको छ । यसैगरी धौलागिरी हिमालमा ‘डाउनहिल स्की’ अभियान, अन्नपूर्ण आधार शिविर, याला हिमाल मनास्लु, थोराङ भञ्ज्याङ, फ्रान्सको व्यालेन्स हिमाल, गोसाईंकुण्ड, मिरा हिमाल, मुक्तिनाथ क्षेत्र मनाङ लगायतका स्थानमा स्की पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

महोत्सवमा सबै क्षेत्रका मानिसहरुले भाग लिन पाउने जनाईएको छ । तर आयोजकले भने, पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३०० जना लाभान्वित हुने विश्वास गरिएको छ ।

महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धी सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले बताउनुभयो ।

Comments
Loading...