चुनाव चिह्न माग्दै साना २४ वटा दलद्वारा संघर्ष समिति घोषणा

काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध विवेकशील साझासहित २४ साना पार्टीले संघर्ष मितिको घोषणा गरेका छन् ।

शुक्रबार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पुरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह प्रयोग नदिने कानुनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको छ ।

उक्त बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिन्ह स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यस अघि भएका सामूहिक सङ्घर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै चुनाव चिन्ह सङ्घर्ष समिति गठन गरी तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

Comments
Loading...