स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता बताउनुभयो । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने काँग्रेसले जनाएको छ ।

स्थानीय निर्वाचनमा बहुसख्यक स्थानीय तहमा नेपाली काँग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय बैठकले गरेको छ ।

Comments
Loading...