माओवादी केन्द्रबाट माछापुच्छ्रेको अध्यक्षमा भण्डारी र दाहाल तथा उपाध्यक्षमा अधिकारी सिफारिस

हिमाली आवाज । आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाट कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अध्यक्षमा नवराज भण्डारी र सुनिल दाहाल तथा उपाध्यक्षमा प्रविणा अधिकारी सिफारिस हुनुभएको छ ।

गाउँ कमिटीको शुक्रबार बसेको बैठकले अध्यक्षमा दुई र उपाध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन गरेको हो । यसअघि पदाधिकारी बैठकले अध्यक्षमा भण्डारी र उपाध्यक्षमा अधिकारीलाई अघि बढाउने निर्णय गरेकामा कमिटीको पूर्ण बैठकले दाहाललाई पनि सिफारिस गर्ने निर्णय गरेको बताइन्छ ।

माओावादी केन्द्रले यही बैशाख ५ गतेभित्र सबै कमिटीहरुलाई उम्मेदवार चयन गरी माथिल्लो कमिटीमा पठाउन निर्देशन गरेको छ । सत्ता गठबन्धनका दलहरुबीच तालमेल गर्ने सैदान्तिक सहमति भएपनि सिट बाँडफाँडमा अझै सहमति बन्न सकेको छैन । कास्कीकामा पनि कुन दलले कुन पालिका लिने भन्ने अझैसम्म पनि टुँगो लागेको छैन ।

Comments
Loading...