हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर–१२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले घरदैलो तिव्र बनाएका छन् । पोखराका विभिन्न वडामा गठबन्धन भएपनि पोखरा–१२ मा माओवादी एक्लै चुनाव लडेको छ ।
एकल उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको माओवादीका उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगिरहेका छन् । माओवादीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकतासँगै संविधान र लोकतन्त्रसमेत धरापमा परेकाले त्यसको संरक्षणका लागि माओवादी लडिरहेको बुझाउँदै उनीहरु घरदैलो गरिरहेका छन् । साथै विकास र समृद्धिका लागिपनि माओवादीको विकल्प नभएको कुरा उनीहरुले जनतालाई बुझाई रहेका छन् ।
घरदैलोका क्रममा जनतालेपनि साथ र समर्थन जनाएको माओवादी केन्द्रबाट पोखरा–१२ को वडा सदस्यमा उम्मेदवार बनेकी चन्द्रकुमारी पराजुलीले जानकारी दिनुभयो । जनताले यसअघि एमालेलगायतका दलहरुले पटक÷पटक जितेरपनि विकास र समृद्धिका लागि सिन्को नभाँचेकाले अब यसपटक माओवादीलाई भोट दिने वचन दिएको उहाँले बताउनुभयो ।

पोखरा–१२ मा माओवादी केन्द्रका उम्मेदवारहरुले शुक्रबार सरस्वती टोल, सिंगापुरे टोल, थापा मार्गलगायतका क्षेत्रमा घरदैलो गरेको छ ।
पोखरा–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्षमा गोविन्दप्रसाद घिमिरे, महिला सदस्यमा चन्द्रा पराजुली, दलित महिला सदस्यमा मीनाकुमारी कामी तथा खुल्ला दुई सदस्यमा दीलबहादुर केसी र बिरेन्द्रबहादुर थापा उम्मेदवार हुनुहुन्छ ।
पोखरा ७ मा दलित बस्तीका समस्या सुन्दै, भोट माग्दै माओवादी उम्मेदवार
यसैबीच पोखरा महानगरपालिका वडा नम्बर–७ का दलित बस्तीमा पुगेर माओवादी उम्मेदवारले उनीहरुको समस्या सुन्दै भोट माग्दै गरेका छन् । पोखरा–९ को दलित बस्ती उपल्लो प्रगतिटोलमा पुगेर माओवादी उम्मेदवारहरुले स्थानियका समस्या सुन्दै, भोट माग्दै गरेका हुन् ।
भोट माग्न पुगेका माओवादी उम्मेदवारहरुलाई उनीहरुले यसअघि एमाले, कांग्रेसले छलछाम तथा धोकाबाहेक केहिपनि नदिएको गुनासो गरे । उनीहरुले माओवादीले धोकाको राजनीति नगरे यसपटक भोट दिने वचन दिएको माओवादीबाट वडाध्यक्षका उम्मेदवार दण्डपाणी आचार्यले जानकारी दिनुभयो । स्थानिय दलित समुदायका प्रतिनिधिहरुले भनेका कुरा उदृत गर्दै उहाँले भन्नुभयो,‘कांग्रेस, एमालेजस्ता भ्रष्टाचारीलाई भोट दिएर पठायौं तर उनीहरुले दलित, सुकुम्बासीको उत्थानका लागि केहि गरेनन् । यसपटक भने माओवादीलाई नै दिन्छम् भोट ।’
माओवादी उम्मेदवारहरुलेपनि सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या गर्ने प्रतिबद्धता जनाएका थिए । पोखरा–७ मा माओवादीबाट वडाध्यक्षमा दण्डपाणी आचार्य, दुई खुल्ला सदस्यमा सीता पौडेल पराजुली र परमेश्वर आचार्य, महिला सदस्यमा पार्वती पनेरु तथा दलित महिला सदस्यमा श्रीमाया घताने उम्मेदवार हुनुहुन्छ ।