कुशल नेतृत्वको अभावकै कारण पोखरा बनेन : मेयर उम्मेदवार आचार्य

हिमाली आवाज । पाँच दलिय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेदवार धनराज आचार्यले पोखरा नबन्नुमा अहिले सम्मको नेतृत्व जिम्मेवार रहेको बताउनुभएको छ ।

पोखराका विभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उमेदवार आचार्यले प्रर्याप्त स्रोत र साधन हुदाँ हुदैपनि कुशल नेतृत्वको अभावमा पोखरा महानगर बन्न नसकेको बताउनुभयो ।

उमेदवार आचार्यले पोखरा महानगरमा अहिलेपनि भनसुनका आधारमा मात्रै काम हुने गरेकाले अब त्यो अवस्था सदाका लागि अन्त्य गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आफु भुई मान्छेको पनि प्रतिनिधि भएकाले महानगरवासीलाई कसैको भनसुन बेगर काम गर्ने वातावरण तयार गर्ने स्पष्ट पार्नुभयो ।

पोखरालाई स्वदेश तथा विदेशमा पर्यटकीय सहरको रुपमा चिनाउन पहल गर्ने बताउदै आचार्यले विजयी भएपछि पहिलो बैठकबाटै संघ र प्रदेश सरकारलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गरिने विश्वास दिलाउनुभयो । उहाँले महानगरको कार्यप्रणालीमा म भन्ने अवस्था बदलेर हामी भन्ने प्रद्धति स्थापित गर्ने बाचा समेत गर्नुभयो ।

यस्तै उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पछि थपिएका वडामा सडकहरुको स्तरोन्नति, पर्यटकीय संरचना निर्माण, कृषिको व्यवसायीकरण जस्ता सबालमा महानगरले सघाउने उल्लेख गर्नुभयो ।

उमेदवार रानाभाटले पोखरामा मुटुरोग अस्पताल निमार्ण कार्यको थलानी गर्ने प्रतिवद्धता जनाउनुभयो । तत्कालिन स्वास्थ्य मन्त्री गगन कुमार थापाले पोखरामा मुटुरोगको अस्पताल बनाउने योजना बनाए पनि नेपाली कांग्रेसको सरकार ढलेपछि योजना अलपत्र परेको सुनाउँदै उहाँले विगत पाँच वर्षमा उक्त अस्पतालका लागि कुनै पहल नभएको जनाउनुभयो ।

Comments
Loading...