विप्लव लगायत चार पार्टीको नेपाल बन्दबाट यातायात र शैक्षिक क्षेत्र प्रभावित

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार आह्वान गरेको बन्दका कारण शैक्षिक क्षेत्र र यातायात प्रणाली प्रभावित भएको छ ।
राजधानीबाट बाहिर जाने सवारी साधनहरु मंगलबार बिहान ज्यादै न्युन मात्रामा गएका छन् भने राजधानी बाहिर पनि लामो दूरीका सवारीहरु कमै मात्रामा चलेका छन् ।

राजधानीभित्र बजार खुलेको र यातायात चलेको भए पनि अधिकांश शैक्षिक संस्था मंगलबार बन्द रहेका छन् । यसैगरी गण्डकी प्रदेशको राजधानी शहर पोखरा लगायतका स्थानमा पनि यातायात कम मात्रामा चलेका छन् । शैक्षिक संस्था र व्यापारिक प्रतिष्ठान बन्द छन् । पोखरामा केही निजी सवारी साधन भने सञ्चालन भइहरेको छ ।

एमसीसी सम्झौता खारेज, नागरिकता विधेयक फिर्तालगायतका माग राखेर विप्लव नेतृत्वको नेकपा लगायत चार साना कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेका हुन् ।

Comments
Loading...