हिमाली आवाज । रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङ्जाले आर्थिक वर्ष २०८२÷०८३ मा ५५ लाख ५९ हजार ७४९ रुपियाँ २२ पैसा खुद नाफा आर्जन गरेको छ ।
सहकारीले २२ करोड १२ लाख लाख पाँच हजार ८०३ रुपियाँ ६१ पैसा निक्षेप संकलन गर्दै १८ करोड २५ लाख ९१ हजार ९४० रुपियाँ ३ पैसा लगानी गर्दै मुनाफा आर्जन गरेको हो ।

२०५९ जेठ ५ गते स्थापना भएको यस सहकारीको तीन करोड ६७ लाख ७६ हजार चार सय शेयर पुजी र ६२८ जना शेयर सदस्य रहेका छन् । सहकारीले आफ्नो २५ औ साधारसभामा मुक्तिनाथ विकास बैकका सञ्चालन भरत प्रसाद लम्सालले आर्थिक रुपमा बदनामलाई राज्यका कुनै पनि ठाउँमा छनौट गर्न नहुने बताउनुभयो ।
सहकारी ठग्ने धेरै भेटिने बतउदै लम्सालले ठग्नेको दिन राम्रो कहिल्यै नभएको बताउनुभयो । अहिलेको समय उद्यमीलाई सुवर्ण समय भएको बतउदै लम्सालले ऋण लिएर राम्रो काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सहकारीका अध्यष लक्ष्मीपति पौडेल, संस्थाका सल्लाहकार नारायण प्रसाद पौडेल, मुक्तिनाथ विकास बैक गण्डकीका प्रमुख बाबुराम ढकाल, जिल्ला बचत तथा सहकारीका अध्यक्ष लोकनाथ रेग्मी, उद्योग बाणिज्य संघ महासचिब रविन केसी, पत्रकार महासंघका पुर्व अध्यक्ष ओम प्रकाश शर्मा, शेयर सदस्य बन्दना लम्साल, राम प्रसाद लम्साल लगायतले मन्तब्य राख्नु भएको थियो । साधारणसभामा अध्यक्ष बिष्णु प्रसाद पोखरेलले अध्यक्ष प्रतिवेदन, सचिब प्रकाश डोटेलले सचिबको प्रतिवेदन, कोषाध्यक्ष बिपिन्द्रमान श्रेष्ठले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
यस्तै लेखा समिति संयोजक बद्रि प्रसाद श्रेष्ठ र कर्जा समिति संयोजक कुलानन्द लम्सालले समेत समेत प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पत्रकार अर्जुन काफ्ले, नियमीत बचत कर्ता खोप बहादुर कुँवर, उत्कृष्ठ कारोबार गर्ने अमृता थापा र समाजसेवी लाल प्रसाद श्रेष्ठलाई सम्मान गरेको हो । चारै जनालाई दोसल्ला ओडाएर सम्मान पत्र र नगदले सम्मान गरिएको हो ।
