संक्षिप्त इतिहास/परिचयः
प्रभु विश्वकर्मा ब्रम्हाका पुत्र, एक हातमा कमाण्डलु, एक हातमा पुस्तक, एक हातमा नुज र एक हातमा कलाकृती सामान लिनु भएका, शिरमा मुकुट तथा निधारमा तिन धर्का भएको नमाम धारण गरी सिंहासनमा विराजमान हुनु भएका, देवताहरुको कालिगढ र आर्किटेक्टको अध्यक्ष हुनु हुन्थ्यो । यो संसारको रचयिता, भगवानहरुको दरवार, विमानहरु तथा हतियारहरुको आधिकारीक निर्माणकर्ता रुपमा भगवान विश्वकर्मालाई लिईएको छ । संसारको पहिलो धर्मग्रन्थ ऋगवेदका अनुसार प्रभु विश्वकर्मा सम्पूर्ण विश्वको सर्जक हुनु हुन्छ (ऋगवेद १०।१२१) । उहाँ सम्पूर्ण देवगणहरुको विधाता हुनु हुन्छ । त्यसै गरि यजुर्वेद, अथर्ववेद, सामवेद तथा अन्य वेदहरुमा पनि प्रभु विश्वकर्मालाई देवताहरुको प्रमेश्वर भनेर उल्लेख गरिएको छ । यसरी सवै धर्म ग्रन्थहरुको सारमा हेर्दा भगवान विश्वकर्मालाई भगवानको पनि भगवान हुनु हुन्छ भनेर उल्लेख गरेको पाइन्छ । अन्य धर्मग्रन्थहरुका अनुसार भगवान विश्वकर्मालाई भगवानहरुका इन्जीनियरको रुपमा चित्रण गरेका पाइन्छ । Lord Bishwakarma is known as ‘The Architect of gods, and consider to be the sole of architect and craftsman of The tripartite Universe’.
- भगवान विश्वकर्मा को हुन हुन्छ ? (वंश वृतान्त):
भगवान विष्णु जव शेषनागको आसन गरी थिर समुन्द्रमा आराम गर्नु भएको थियो त्यसै समयमा प्रभुको नाभिबाट एक कमलको वोट उम्री फुल फुलेको र सो फुलमाथि चर्तुरमुख ब्रम्हाजीको सृष्टि भयो । ब्रम्हाजीका पुत्र धर्म थिए । धर्मकी बसु नामक स्त्री जसका सात वटा पुत्र मध्येका वास्तुदेव सातौं पुत्र थिए । तिनै वास्तुदेव र उनकी धर्म पत्नी आंगिरसीका छोरा भगवान विश्वकर्मा हुनु हुन्छ । (विश्वकर्मा पुराण पेज ७) । भगवान विश्वकर्माका पाँच भाई छोराहरु थिए उनीहरुको नाम यस प्रकार रहेको छ मानु जो फलामको काम गर्नु हुन्थ्यो (Black Smiths), माया जो काठको काम गुर्न हुन्थ्यो (Carpenters)], थुभस्टा जो तामाको काम गर्नु हुन्थ्यो (Copper Smiths), देवसिर्पी जो मुर्तिकार हुनु हुन्यो (Sculptors) र विश्भजन्या सुनको काम गुर्नु हुन्थ्यो (Gold Smiths)। विश्वकर्मा भगवानका २ वटा छोरीहरु थिए । जस मध्ये एक प्रभावसाली छोरी संज्ञा थिइन जसलाई प्रभु विश्वकर्माले सुर्यका साथ विवाह गरि दिनु भएको थियो ।
भगवान विश्वकर्मालाई विभिन्न नामले सम्बोधन गर्ने गरेको पाइन्छ । जस्तैः कृत्नु यसको अर्थ हुन्छ सवैको सजिलै कार्य सिद्धि गर्नेवाला, योग्य, निपूर्ण तथा चतुर त्यस्तै त्वष्टा र कृत्नु (तिनै लोकको रचयीता सवै प्रकारले योग्य) यस्तै यस्तै गरी १०८ नाम बाट प्रभु विश्वकर्मालाई पुकारीन्छ । (विश्वकर्मा पुराण)
विभिन्न लोकाकृतिलाई लिने हो भने सत्य युगमा जव तिनवटै लोकको सृष्टि भय पश्चात, देवलोकमा एउटा वृहत सभा भयो, जसको उद्धेश्य, देवताहरुको स्थान निर्धारण तथा कार्य विभाजन एवं सोहि अनुसार वाहन निर्धारण गर्ने थियो । सोहि अनुसार आ–आफ्नो क्षमता अनुसार भगवानहरुले आसन तथा वाहन पाउने तयारी हुँदै थियो सोहि क्रममा सिंहासन कस्लाई दिने भन्ने दुविधा भयो । सवै देवगणहरुले आ–आफ्नो चमत्कार देखाए तर विश्वकर्मा प्रभुको सहारा विना कसैको पनि शक्ति÷चमत्कार सफल हुन नसक्ने भए पछि सवैले प्रभु विश्वकर्मालाई उक्त सिंहासन दिने निर्णय भयो । साथै संसारकै बलियो प्राणी हात्ती वाहनको रुपमा उहांलाई उपलब्ध गराइयो । यसरी आफुलाईसवै सर्वश्रेष्ठ मानि सोहि अनुसार स्थान दिएको कारण सोहि युगमा भगवान विश्वकर्माले आफ्नो चमत्कार स्वरुप सत्य युगको लागि स्वर्गलोक, त्रेतायुगको लागि श्रीलंका, द्धापर युगको लागि द्धारका एवं कलियुगको लागि हस्तिनापुर तथा इन्द्र प्रस्थको परिकल्पना तथा निर्माण गर्नु भएको थियो । सो कुराको पुष्ठि विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख भए बाट प्रष्ट हुन आउछ ।
हिन्दु धार्मिक ग्रन्थहरुका अनुसार भगवान विश्वकर्माका चारयुग अनुसारका शिल्पी चमत्कारहरु यस प्रकार रहेका छन् । प्रभु विश्वकर्माले सत्य युगमा स्वर्ग तथा यमपुरी(सम्पूर्ण देवगणहरुको वासस्थानको लागि), त्रेतायुगमा श्रीलंका (शिव पार्वतीको विवाह पश्चात वस्नको लागि तथा पछि दानव राजा रावणलाई भगवान शिवको गृह प्रवेशमा उसको सेवाबाट प्रशन्न भएर उपहार पाउने बरदान दिनु भएको थियो), द्धापर युगमा द्धारका शहर जुन समुन्द्र माथि एकै दिनमा निर्माण गरिएको थियो (भगवान श्रीकृष्णको वासस्थानको लागि) र कलियुगमा हस्तीनापुर र इन्द्रप्रस्था (पाँच पाण्डवहरुको वासस्थानको लागि) जस्ता शहरहरुको सृर्जना एवं परिकल्पना गर्नु भएको कुरा प्रष्ट संग उल्लेख गरिएको पाइन्छ । त्यसै गरी धार्मिक ग्रन्थ महाभारतमा प्रभु विश्वकर्माको बारेमा यसरी वर्णन गरिएको छ – “The lord of the arts, executor of a thousand handicrafts, the carpenter of the gods, the most eminent of artisans, the fashioner of all ornaments …. and a great and immortal god.”
भगवान विश्वकर्मा ब्रह्माण्डको सृष्टिका लागि आवश्यक ललितकला, सिल्पकार एवं सवै गुणहरुले युक्त पमेश्वरको वास्तुकार हुनु हुन्थ्यो । प्रभु विश्वकर्मा यति चमत्कारी हुनु हुन्थ्यो कि उहाँले सुर्यको तेजको पन्ध्रौं भाग निकाली दिनु भएको थियो जसबाट सुर्यको बांकी अंशले गर्दा सुर्य काया अत्यन्त सुन्दर, सौम्य तथा कान्तिमय भएको हो । सुर्यबाट निकालेको १५ औं अंशबाट प्रभु विश्वकर्माले स्वयं भगवान विष्णुको लागि चक्र, कुवेरको लागि पालकी, यमराजका लागि दण्ड तथा कार्तिकेका लागि शक्ति निर्माण गरि दिनु भएको थियो साथै देवाताहरुको विजयका लागि आवश्यक हात हतियार तथा शस्त्र अस्त्रको समेत निर्माण गर्नु भएको थियो । सुर्दसन चक्र, अग्न्यास्त्र जस्ता अस्त्रहरु तथा विभिन्न पुष्पक विमानहरु प्रभु विश्वकर्माकै आविष्कार हुन जुन देवताहरुले विभिन्न काल खण्डहरुमा उपयोग गर्दै आएका थिए । (विश्वकर्मा पुराण–१२७) । तिनै आदीकाल देखि निर्माण भएका सम्पूर्ण रचनाको आधारमा आजको विश्वले चमत्कार पूर्ण कार्य वैज्ञानिक क्षेत्रमा गर्दै आएको छ । पुष्पक विमानबाट आजको जहाज, विभिन्न सस्त्रअस्त्रबाट आजका विभिन्न हतियारहरु, विभिन्न महलहरु, यातायत तथा संचार क्षेत्र सम्पुर्णको आधार नै बैदिक कालको भगवान विश्वकर्माको सृजना नै हो ।

भगवान विश्वकर्माको आराधना विना कुनै पनि काम सिद्धि हुदैन । जुन ब्रह्माजी यो संसारको सृष्टिमा लीन हुनु भयो त्यस वेला पनि भगवान विश्वकर्माको सहारा लिनु भएको थियो । यो संसारको सवै जिव जन्तु, प्रकृतिको सहि स्थानमा राख्नको लागि भगवान विश्वकर्माको देन रहेको छ । त्यसै गरी भगवान शिवले जव महारुद्र भैं संसारको प्रलय गर्नु पर्दा पनि प्रभु विश्वकर्मालाई राजी नबनाए सम्म सम्भव थिएन । देवराज इन्द्रले वर्षा गराउदा पनि प्रभु विश्वकर्माकै सहारा लिनु पर्ने हुन्छ की न की हावाको गति, अग्नीको प्रज्वलन शक्ति र जलको निरन्तर गति प्राप्त गर्नमा प्रभु विश्वकर्माको प्रभाव रहेको हुन्छ । सुर्य, चन्द्र, पृथ्वी, प्रकास आदीको गतिशिलता दिने कार्य पनि प्रभु विश्वकर्माले नै गर्नु भएको छ । यमराजको धर्म सभा चल्नको लागि पनि विश्वकर्माकै सहमतिको आवश्यकता हुन्छ । (विश्वकर्मा पुराण–२५) जव इन्द्रले वृतासुरको वध गर्नु भयो त्यस पछि यो पृथ्वी जलयुक्त भएर वहन थाल्यो जुन कार्यमा प्रभु विश्वकर्माको अद्धृत प्रभावले कार्य गरेको थियो । (ऋगवेद ३।३।३८) यसरी यो संसार प्रभु विश्वकर्माको सहारा विना परिकल्पना पनि गर्न सकिदैन ।
- प्रभु विश्वकर्मा र विश्वकर्मा जातिको सम्बन्धः
पौराणीक काल देखि नै विश्वकर्माहरुलाई सवै प्रकारको कलाको विउको रुपमा लिइन्थ्यो । उनीहरुलाई सम्पूर्ण भारत वर्षमा सिल्पीकार, आर्कीटेक्चरर, कार्पेन्टरका साथै हिन्दु धर्मको सर्जक तथा सवै मन्दिर तथा मुर्तिहरुको निर्माण कर्ताको रुपमा लिइन्थ्यो । अहिलेका विश्वकर्माहरु भगवान विश्वकर्माका पांचभाई छोराहरु मध्ये मानुले फलामको काम गर्नु हुन्थ्यो, मायाले कार्पेन्टरको काम गर्नु हुन्थ्यो, थुभस्टाले तामाधातुको काम गर्नु हुन्थ्यो, देवसिर्पीले मुर्तिको काम गर्नु हुन्थ्यो भने विश्भन्याले सुनको काम गर्नु हुन्थ्यो यिनै पा“च भाइका छोराहरुका सन्तानहरु नै हालका विश्वकर्मा जातिहरु हुन । समय क्रम संगै कला, कौसलमा सिपालु भएका कारण यिनीहरुले विभिन्न निर्माणका क्षेत्रमा कार्य गर्न थाले जसबाट यस पृथ्वीमा मानव समाज विकासको लागि आवश्यक पर्ने विभिन्न औजार, बस्ने घर, शिकार गर्ने हतियार, कृषि पेशामा आवश्यक औजार, दैनिक गुजार चालउने भाडा वर्तन आदी निर्माण गर्ने कार्य यिनै विश्वकर्माका सन्ताहरुले गर्दै आएका छन् । यसरी भगवानको मुर्ति वनाउने देखि लिएर भगवान वस्ने स्थान, सजाउने एवं कलाकृति दिने, यस मत्र्य लोकको प्राणीहरुको जीवन चर्या चालउने कार्य समेत यिनै विश्वकर्मा जातिहरुले गर्दै आएका छन् । आदिम काल देखि मानव जिवन धान्ने निर्माण कर्ता यिनै विश्वकर्माहरु हुन भन्ने कुरा विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
उपरोक्त पाँच भाईका छोराहरुका सन्तानहरुले परापूर्व काल देखिनै आफ्ना पूर्वजहरुले सम्हाल्दै आएका पेशा व्यवसाय न कुनै तालिम न कुनै शिक्षा अंगाल्दै आएका छन् । आदिम काल देखि आजको आधुनिक यूग सम्म आइपुग्दा पनि प्रभु विश्वकर्माका सन्तानहरुले विभिन्न क्षेत्रहरु कृर्षि, औद्योगिक, यातायात, कलकारखाना देखि मानिसको दिनचर्या चलाउने सम्पूर्ण क्षेत्रमा संलग्न रहि समाजको सेवा गर्दै आएका छन्, तथा आफ्ना पुर्खा प्रभु विश्वकर्मालाई इष्ट देवताको रुपमा मानी पुजाआजा गर्दै आएका छन् । जय विश्वकर्मा बाबा ।
विश्वकर्मा पूजनोत्सवको सवैमा हार्दिक शुभकामना !!