मौलिकता संरक्षणमा एमाले उम्मेदवार गुरुङको जोड

हिमाली आवाज । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले जोड दिने बताउनुभएको छ ।

मंसिर ४ गते हुने निवार्चन केन्द्रीत प्रचार अभियान अन्र्तगत शनिवार पोखरा २७ र २८ अन्तर्गत लेखनाथ अर्चले, कालिका लगायतको क्षेत्रमा मतदाता भेटघाट कार्यक्रममा गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण ठाउँहरु भएकोले त्यसको संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पर्यटकीय ठाउँ लेखनाथ जन्मेको ठाउँलाई विश्व समुदायसम्म पु¥याउने बताउँदै उहाँले यसलाई विकास गर्न मतदाताले आफूलाई विजयी गराउन आग्रह गर्नुभयो ।  स्थानियको सहकार्यमा आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आफु कटिवद्ध भएको उम्मेदवार गुरूङले बताउनुभयो ।

Comments
Loading...