पोखरामा नगरबसको ठक्करबाट एकाविहानै युवतीको मृत्यु

हिमाली आवाज । पोखराको चिप्लेढुंगामा आज विहान भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बसले स्कटुरलाई ठक्कर दिएको हो ।

चिप्लेढुंगामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका ४ घर भई पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

कार्कीको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चलाकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखेको जनाएको छ ।

Comments
Loading...