बजारमा गलत गर्नेहरुलाई महानगरबाट कारबाही गर्न सकेनौँ : उपप्रमुख गुरुङ

हिमाली आवाज । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनको संयोजक उपप्रमुख रहने ब्यवस्था भएपनि कारबाही गर्ने अधिकार नहुदाँ प्रभावकारी नभएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाले मंगलबार आयोजना गरेको उपभोक्ता हित सचेतना सम्वन्धमा सरोकारवाला वीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कानुनले संयोजक तोकेको भएपनि कारबाहीको अधिकार नहुदाँ कार्यान्वयन प्रभावकारी नबनेको बताउनुभयो ।

महानगर बजार अनुगमन समितिका संयोजक समेत रहनुभएका उपप्रमुख गुरुङले अनुगमन गर्ने अधिकार दियो तर कारबाही गर्ने दिएन । त्यसैले यसको अर्थ छैन उहाँले भन्नुभयो,“केन्द्रबाट कारबाहीको अधिकार कटौती गरेर अनुगमनको मात्रै दिएको देखियो । यसले गर्दा अनुमगनबाट उपभोक्ता हित विपरितका काम गर्ने व्यवसायीलाई कारबाही गर्न नसक्दा प्रभावकारी देखिएन् ।”

उहाँले अनुगमन र कारबाही दुबै अधिरकार उपप्रमुखलाई दिनुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ताहरु सचेत र सजग हुनुपर्ने बताउदै पोखरा महानगर नागरिकको हित र अधिकारका बारेमा सजग रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल,उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, उपभोत्ता हितसंग सम्वन्धित सुरेश गिरी लगायतले उपभोक्ता हितका बारेमा सचेत र सजग गराउनुपर्ने खाँचो औल्याउनुभयो । पोखरा महानगर सहकारी र उद्योग शाखाका प्रमुख भरतराज पौडेलको अध्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी सचिव गीता आचार्य, हकारी र उद्योग शाखाका प्रमुख भरतराज पौडेलले उपभोक्ता हित सम्वन्धि कानुनी ब्यवस्था लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Comments
Loading...