अंग्रेजसँगको लडाईमा विरगति प्राप्त गरेका माछापुच्छ्रेका गुरुङद्धयलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

हिमाली आवाज । दुई सय वर्षभन्दा अघि अंग्रेज र नेपालबीच राजगढको युद्धमा विरगति प्राप्त गरेका कास्कीको माछापुच्छ«े गाउँपालिका दुई जनालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।

नेपाल एकीकरणको क्रममा राजगढको लडाईमा माछापुच्छ«े गाउँपालिका वडा नं ५ रिभानका सुब्बा नाथु गुरुङ र सुब्बा प्रल्हाद गुरुङले अंग्रेजहरुसँग लडेका थिए । अंग्रेज फौजसँग लड्दालड्दै विसं १८७२ वैशाख ६ गते प्रल्हाद गुरुङले विरगति प्राप्त गर्नुभएको थियो । सोही लडाँईमा सामेलसुब्बा नाथु गुरुङको भने विसं १९७९ पौस २९ गते आफ्नै घर रिभानमा निधन भएको थियो ।

सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान कास्कीले राष्ट्र निर्माणका क्रममा विरगति प्राप्त गरेकाले दुवै जनालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेको हो ।

प्रतिष्ठानले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सोही लडाईँमा विरगति प्राप्त गरेका भक्ति थापालाई राष्ट्रिय विभूती घोषणा गरेकाले सँगै लडेका सुब्बा नाथु र प्रल्हादलाई समेत राष्ट्रिय विभूति घोषणा गरेर सम्मान गर्नुपर्ने जनाएको हो ।

प्रतिष्ठानका अध्यक्ष क्या धर्मध्वज गुरुङले नेपाल राष्ट्रको निर्माणमा योगदान दिएका व्यक्तिहरुलाई सरकारले सम्मान नगरेको बताउनुभयो । उहाँले भन्नुभयो,“सुब्बा नाथु गुरुङ र प्रल्हाद गुरुङ रिभानचौर ङेह«ो पंैगिलामा गुरुङहरुका मात्र पूर्वज नभई उहाँहरु राष्ट्रिय विभूति हुनुहुन्छ । राष्ट्र निर्माणमा योगदान गरेका अमर शहिद हुनुहुन्छ । तर वर्तमान सरकारले उहाँहरुको समुचित कदर गर्न सकैको छैन ।”

गुरुङद्धयको योगदानको कदर गरी तत्कालीन सरकारले नागरा निशान र गुठी जग्गा अर्पण गरेर सम्मान गरेको प्रतिष्ठानका सल्लाहकार क्या डम्मरबहादुर गुरुङले बताउनुभयो । उहाँहरुले युद्धमा प्रयोग गरेका हातहतियारहरु संग्रहालमा सुरक्षित राखिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले यही वैशाख ६ गते सुब्बा प्रल्हाद स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

रिभानचौर नाथु प्रल्हाद ङेह«ो पैगिलामा परिवारका महासचिव यामबहादुर गुरुङले प्रल्हाद स्मृति दिवसका अवसरमा प्रा डा जगमान गुरुङको प्रमुख आतिथ्यमा माछापुच्छ्रे गाउँपालिका वडा नं २ भराभरीमा गोष्ठीको आयोजना गरिएको जानकारी दिनुभयो । त्यसैगरी रिभानचौर नाथु प्रल्हाद ङेह«ो पैगिलामा परिवारभित्रका स्नातक अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण र पृथ्वीनारायण क्याम्पसमा इतिहास विषय अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिने महासचिव गुरुङले बताउनुभयो ।

Comments
Loading...