हिमाली आवाज । कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८० का अवसरमा शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण गरेको छ ।
कार्यक्रममा वक्ताहरूले नयाँ वर्षले राष्ट्र र समाजमा देखापरेका समस्याको दीर्घकालीन समाधान हुँदै आम नेपालीका सुखः, शान्ति र समृद्धि छाउने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले देशमा राजनीतिक अस्थिरता, आर्थिक मन्दी लगायतका कारण देखा परेका समस्या नयाँ वर्षमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
समाजका हरेक गतिविधिमा साथ र सहयोग गर्ने सल्लाहकार, क्यालेन्डर प्रकाशनका लागि सहयोग गर्ने विज्ञापनदाता सबैलाई धन्यवाद व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

सल्लाहकार प्रेमप्रकाश गौतमले कस्केली अधिकृत समाजले आफ्ना विभिन्न गतिविधिलाई बढाइरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सबैको एकतावद्ध प्रयासबाट समाजका गतिविधि बढ्ने धारणा राख्नुभयो ।
सल्लाहकारहरू डा दीर्घनाथ ढुङ्गाना, विश्वनाथ पराजुली, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने, भगवान पन्त, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष लोकनाथ दवाडीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष सुवेदी, सल्लाहकारहरू लगायतले संयुक्त रुपमा समाजद्वारा प्रकाशित नयाँ वर्षको क्यालेन्डर लोकार्पण गर्नुभएको थियो ।