हिमाली आवाज । पोखराको बेगनास तालमा एक जना मृत फेला परेका छन् । परराष्ट्र मन्त्रालयमा नायव सुब्बा पदमा कार्यरत उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका हुन् ।
बेगनास तालमा सोमबार बिहान साढे ८ बजे डुंगाघाट भन्दा ४ सय मिटर टाढा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

प्रहरीले परिचयपत्रका आधारमा भण्डारीको शव पहिचान गरेको हो । बताए मृतकको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ ।
भण्डारी आइतबार जहाजबाट पोखरा आए खुलेको छ । भण्डारीको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।