ईन्जिनियरहरुलाई लाइसेन्सको निःशुल्क अभिमुखीकरण कक्षा सञ्चालन गरिने

हिमाली आवाज । लोकतान्त्रिक ईन्जिनियरको छाता संस्था सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले ईन्जिनियरहरुका लागि अभिमुखीकरण कक्षा सञ्चालन गर्ने भएको छ ।

सिडेन गण्डकी प्रदेशले हालै इन्जिनियर उत्तिर्ण भएका तथा नेपाल ईन्जिनियर काउन्सिल बाट विभिन्न बिधामा इन्जिनियर को लाइसेन्स  प्राप्त नगरेका ईन्जिनियरहरुलाई लक्षित गरी आगामी जेठ २७ गते पोखरामा लाइसेन्स अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम बाट लाइसेन्स प्राप्त नगरेका गण्डकी प्रदेशका करिब ३०० इन्जिनियर लाभान्वित हुने विश्वास गरिएको छ । लाइसेन्स परिक्षा लाई सहयोग हुने संगै समग्र   ईन्जिनियरिङ पेसा लाईनै दक्षता अभिवृद्धि भइ कार्यकुसलतामा सहयोग विश्वास लिइएको सिडेन गण्डकीका सचिब बिशाल थापाले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक इन्जिनियरहरुले सस्थाका सहसचिव निरोज लामिछाने लाई सम्पर्क गर्न सकिने बताइएको छ ।

Comments
Loading...