पोखराको लेकसाइडको चाइनिज गार्डेन रेष्टुरेन्टमा थप सेवा

हिमाली आवाज । चाइनिज स्वादका खानाका परिकार दिने गरी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा खुलेको चाइनिज गार्डेन रेष्टुरेन्टले आफ्नो सेवा थप विस्तार गरेको छ ।रेष्टुरेण्टको सेवा विस्तार सहितको स्तरोउन्नति गर्न केही समय बन्द रहेको उक्त रेष्टुरेन्ट हालै पुनः सञ्चालनमा आएको हो ।

पोखरामा चाइनिज पर्यटकलाई आकर्षण गर्न आफ्नो सेवामा विस्तार सहित स्तरोन्नति गरेको रेष्टुरेण्ट सञ्चालक एवं चाइनिज सेफ चाङ ज्याङ सङले बताउनुभयो । रेष्टुरेन्टमा थप २ करोड ५० लाख लगानी भएको छ ।

पोखरामा बिगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको उक्त रेष्टुरेन्टले चिनियाँ स्वादका विभिन्न परिकार पस्कँदै आइ रहेको छ भने विश्वका अधिकांशले रुचाएको चिनिया स्वादका खाना पोखरामा उपलब्ध गराउँदै आएको हो । चिनियाँ पर्यटकसँगै चिनियाँ राजदूत, चीनबाट आउने उच्च अधिकारीको रोजाइमा उक्त रेष्टुरेन्ट पर्ने गरेको चाङको दाबी छ ।

पछिल्लो समय नयाँ व्यवस्थापन तथा सेवा सुविधा समेत थप गरेर रेष्टुरेन्टले लगानी विस्तार गरेको सञ्चालक चाङले बताउनुभयो । उहाँले भन्नुभयो,“हाइजेनिक खाना पस्कन हामीले खुल्ला किचन तयार गरेका छौँ, हरेक टेबलमा हटपट खानाको लागि ग्याँस समेत जडान गर्ने छौँ । ”रेष्टुरेन्टमा सानो मिटिङका लागि भिआइपी हल समेत रहेको छ ।

Comments
Loading...