पोखरामा सुरु भयो ३५ दिनको ट्रेकिङ गाइड तालिम,३०० जना सहभागी

हिमाली आवाज । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेश को आयोजना तथा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा शुक्रवार देखि पोखरामा ट्रेकिङ्ग गाइड तालिम शुरु भएको छ।

अन्तरवार्तामा पास भएर तालिमका लागी चयन भएका करिब ३०० जना प्रशिक्षार्थी हरुलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले तालिम बारे अभिमुखीकरण गर्नु भएको थियो।

हाल सम्म संस्थाले बिभिन्न समयमा गरी करिब एक हजार ९०० जना लाई तालिम दिए पनि देशको राजनैतिक उतारचढाव, प्राकृतिक प्रकोपहरु र पछिल्लो समय कोभिड–१९ को विश्व महामारी पश्चात पर्यटन क्षेत्रका मजदुरहरू विभिन्न क्षेत्रमा पलायन भएको बताइन्छ । यस क्षेत्रका मजदुरहरुको अभाव भएको अवस्थामा गरिएको यो तालिमले यस क्षेत्रमा टेवा पुग्ने देखिन्छ।

पाँच हप्ते तालिम लोकसाइड स्थित तालवाराही मा.वि. मा ६ वटा सेक्सनमा विभाजन गरी तालिम दिइने संयोजक गोपाल कृष्ण संग्रौलाले जानकारी दिनुभाये ।

उद्घाटन सत्रमा नाथमका प्राचार्य राम कैलाश विच्छा, नाथमका विभागिय प्रमुख अजय कुमार ढकाल, टानका पूर्व अध्यक्ष तथा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष सोम थापा, पूर्व अध्यक्ष हरि भुजेल, ताल वाराही व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, प्रधानाध्यापक तारा प्रसाद पोख्रेल, ट्रेकिङ्ग मजदुर संघका अध्यक्ष तथा प्रतिनिधीहरु र पर्यटन प्रहरीका प्रतिनिधि र पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।

संस्थाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले स्वागत मन्तब्य राखेको कार्यक्रममा संयोजक संग्रौलाले कार्यक्रमका बारेमा प्रकाश पार्नुभयो । अध्यक्ष धर्मराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव तिर्थराज सुवेदीले संचालन गर्नुभएको हो ।

Comments
Loading...