एमेच्युअर फुटसल प्रतियोगिताको उपाधि स्टार कफिलाई

हिमाली आवाज । खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल रनिङ शिल्ड प्रतियोगिताको उपाधि स्टार कफिले जितेको छ ।

पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा शनिबार राती सम्पन्न फाइनल खेलमा बाइलेज एफसी लेकसाइडलाई २–१ गोलअन्तरले हराउँदै स्टार कफिले उपाधि चुम्दै नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । उपविजेता बाइलेजले २५ हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

बाइलेज एफसीका नकुल तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो। बाइलेजकै गोलरक्षक मुमिन तामाङ उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । स्टार कफिका शन्दिप तामाङले सर्वाधिक गोलगर्दै उच्च गोलकर्ताको ट्रफि हात पार्नुभयो ।

उहाँले प्रतियोगितामा कुल ८ गोल गर्नुभएको थियो । सनराइज एफसीका विरेन पुलामी मगर उदयीमान खेलाडी घोषित हुँदै ट्रफि हात पार्नुभयो । ३६ टिमको सहभागिता रहेको प्रतियोगितामा सनराइज एफसी काठमाडौं अनुसाशित टिम घोषित भयो । प्रतियोगिता दुई दिनसम्म संचालन भएको थियो ।

Comments
Loading...