पहिरो खस्दा विहानदेखी मुग्लिन—नारायणगढ सडक अवरुद्ध,सयौँ यात्रु अलपत्र

हिमाली आवाज । मुग्लिन—नारायणगढ सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उहाँले भन्नुभयो,‘पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन ।’

Comments
Loading...