हिमाली आवाज । माछापुच्छे« बैंक लिमिटेडकी एकीकृत जोखिम शाखा उपप्रमुख ऋचा पाण्डेले उद्यम गर्नको लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा महिलाहरुलाई आह्वान गर्नुभएको छ ।
उहाँले लिएको कर्जाको सही सदुपयोग गर्न, विभिन्न सहुलियतको उपयोग गर्न एवं किस्ता र सावाँ भुक्तानी मितिप्रति सचेत रहन पनि आग्रह गर्नुभयो ।
‘केही गरौँ भन्ने भावना छ भने ऋण लिन हिच्किचाउनु हुँदैन बरु लिएको ऋणको किस्ता र ब्याज तिर्न निश्चित रकम छुट्टयाउँदै जानुपर्छ,’ उहाँले भन्नुभयो,‘सरकारले महिलालाई सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान पनि दिएको छ, त्यसको पनि उपयोग गर्नुपर्छ ।’
बैंकर पाण्डे पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी उपसमितिको आयोजना तथा माछापुच्छे« बैंकको सहयोगमा आइतबार आयोजना गरेको महिलालाई सीप र बैंकिङ साक्षरता विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो ।
माछापुच्छे« बैंककै अनुगमन इकाइ उपप्रम्ुख प्रतिभा पाण्डेले सीप भएर पनि महिलाहरु उद्यमशीलतामा जोडिन नसकेको तथा व्यवसाय बिस्तारमा पनि पछि परेको धारणा राख्नुभयो ।

जुन प्रयोजनको लागि लिइएको कर्जा हो, त्यही प्रयोजनमा लगाउन आग्रह गर्नुभयो । वित्तीय साक्षरताको अभावमा धेरै महिलाहरु सूचना प्रविधिको उपयोगबाट पर रहेको बताउँदै पाण्डेले वित्तीय साक्षरता नहुँदा ठगिने जोखिम पनि उत्तिकै रहेको औँलयाउँदै आफ्ना गोप्य सूचनाहरु कसैलाई नदिन उनको गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले वित्तीय साक्षरता पुरुष र महिला दुबैलाई आवश्यक भएको बताउनुभयो । वित्तीय साक्षरताबाट महिला अझ आत्मविश्वासी बन्ने उहाँको भनाई छ ।
माछापुच्छे« बैंककी आन्तरिक सेवा– सम्बन्ध प्रबन्धक बबिता भट्टले व्यवसाय गरेपछि विभिन्न प्रकारका कर र शुल्कहरु तिर्नुपर्नेबारे सचेत रहन महिलाहरुसँग आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी उपसमिति संयोजक तथा माछापुच्छे« बैंककी संचालक बन्दना कार्की केसीले महिला आत्मनिर्भर हुनु भनेको समाज र राष्ट्र समुन्नत बन्नु भएको बताउनुभयो । उहाँले पोखरा उद्योग वाणिज्य संघले वित्तीय साक्षरता र महिला उद्यमशीलता विकासमा थप कार्यक्रम आयोजना गर्ने घोषणा गर्नुभयो ।
पोखरा उद्योग वािणज्य संघका महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा महिला उद्यमी रामकली खड्का,सीता गुरुङ,मुना बास्तोला, उषा तिमिल्सिनालगायतले सहुलियतपूर्ण कर्जा,कर्जा प्राप्तिका लागि आवश्यक पर्ने कागजातलगायतका विषयमा जिज्ञासा राख्नुभयो ।
नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार ५७.५९ नेपाली वित्तीय रुपले साक्षर छन् । वित्तीय ज्ञान, व्यवहार र मनोवृत्तिलाई आधार मानेर गरिएको सर्वेक्षण अनुसार पुरुषमा भन्दा महिलामा वित्तीय साक्षरता कम भएको र अनौपचारिक क्षेत्रको भन्दा औपचारिक क्षेत्रमा काम गर्नेहरु बढी साक्षर भएको निष्कर्ष छ ।