नेवाःखलःकास्कीको अध्यक्षमा पालिखे चयन

हिमाली आवाज । नेवाःखलःकास्कीको अध्यक्षमा पुन : अशोक पालिखे सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको पोखरामा आयोजना गरिएको अधिवेशनबाट पालिखे सहित पदाधिकारी, सल्लाहाकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तीर्थ श्रेष्ठ, उपाध्यक्षमा प्रकाशलाल श्रेष्ठ, महासचिवमा श्रीकृष्ण कतिला, उपमहासचिवमा भैरवलाल श्रेष्ठ र कोषाध्यक्षमा चन्द्र बहादुर राजभण्डारी चयन हुनुभयो ।

बन्दसत्रले नवनिर्वाचित अध्यक्षलाई सदस्य तथा आमन्त्रित सदस्यहरु चयनको जिम्मेवारी दिएपछि कलस्टर अनुसार चयन गरिएको हो । सदस्यहरुमा संगीता बज्राचार्य, विनित जोजिजु, कृष्ण बहादुर श्रेष्ठ, शुसिल गोशली र गोपाल बाटाजु चयन हुनुभएको छ । संस्थागत तर्फबाट सन्तोष श्रेष्ठ, हर्कमान शाही र श्रवणलाल जोशी समिति सदस्य चयन हुनुभयो ।

परिषदतर्फबाट सदस्यमा शान्तकुमार श्रेष्ठ र शुरेन्द्र श्रेष्ठ चयन हुनुभयो । अध्यक्षबाट मनोनित सदस्यहरुमा रजनी श्रेष्ठ, विक्रम उदास, शान्तकुमार श्रेष्ठ, रिशव तिमिला र लीलबहादुर श्रेष्ठ हुनुहुन्छ ।

आमन्त्रित सदस्यहरुमा विश्व बिजुक्छे, हरिप्रसाद श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, नन्दलाल श्रेष्ठ, सुविन्द्र श्रेष्ठ, विमल श्रेष्ठ, रोहित बाटाजु, ईश्वर कर्माचार्य, नारायण श्रेष्ठ, थमनारायण श्रेष्ठ, शुद्धव श्रेष्ठ, जयराम श्रेष्ठ, उदयबहादुर अमात्य, अर्जुन ताम्राकार, नर बहादुर श्रेष्ठ, अञ्जु बाटाजु, रत्नदेवी श्रेष्ठ रहनुभएको छ ।

Comments
Loading...