माओवादीका जिल्ला इन्चार्ज हेरफेर:कास्कीमा हिमाल, करण र दीपक स्याङ्जा र गोरखामा

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इन्चार्जहरुको हेरफेर गरेको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो ।

कास्कीको इन्चार्ज रहनुभएका राजकाजी गुरुङ(करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । त्यसैगरी पोखरा महानगरपालिकाको इन्चार्ज रहनुभएका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।कास्कीमा नेत्रनाथ अधिकारी(हिमाल) इन्चार्ज तोकिनुभएको छ । उहाँ गण्डकी प्रदेशको पूर्वसभामुख समेत हुनुहुन्छ ।

यसैगरी माओवादीले तनहुँमा शैलेन्द्र घिमिरे, लमजुङमा आशा खनाल, बाग्लुङमा गोविन्द पौडेल, पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, , म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।
माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौँ पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडाहरुमा समेत नेताहरुको जिम्मेवारी तोकिएको जनाएको छ ।माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जहरुको सरुवा गरेको हो ।

Comments
Loading...