हिमाली आवाज । पोखराका युवा क्रियाशील पत्रकार एवं राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल एग्रो टुरिजम अग्रज पत्रकार सम्मानबाट सम्मानित हुनुभएको छ । पौडेल दुई दशकदेखी सञ्चार क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
एग्रो टुरिजम सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाका अवसरमा पौडेललाई नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
समाचार सम्प्रेषणका माध्यमबाट कृषि पर्यटनका क्षेत्रमा विशिष्ट योगदान पुु¥याएको भन्दै पौडेललाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशला सिम्खडा र सहकारीका अध्यक्ष डिल्लीराम बरालले संयुक्त रुपमा सम्मान गर्नुुभयो ।
कार्यक्रममा मन्त्री सिम्खडाले कृषि र पर्यटनलाई जोड्न सकेमा त्यसले आम सर्वसाधारणलाई उत्पादनसँग जोड्ने बताउनुुुभयो । पछिल्ला समयमा सहकारीहरूमा समस्या बढ्न थालेको बताउँदै उहाँले प्रत्येक सहकारीलाई उत्पादनसँग जोड्दै आर्थिक अनुशासन कायम गर्न सके समस्याहरू निराकरण हुने उहाँले बताउनुुभयो ।

सहकारीका अध्यक्ष डिल्लीराम बरालले कृषि तथा पर्यटनको पूर्वाधारको विकास गर्दै उद्यमशीलता मार्फत रोजगारीको सिर्जना गरी गरिबी न्युनीकरण गर्नका लागि एग्रो टुरिजमको अवधारणा अघि बढाइएको बताउनुुभयो ।
किसानद्वारा उत्पादित अर्गानिक खाद्यवस्तुु गोठदेखि ओठसम्म र बारीदेखि भान्छासम्म पुु¥याउने लक्ष्यका साथ सहकारी सकृय बनेको बताउँदै उहाँले स्थानीय स्रोत साधनको उपयोग गरी साझेदारी मार्फत उत्पादन बृद्धि गर्नेतर्फ केन्द्रित बनेको उल्लेख गर्नुुभयो ।
पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, सहकारीका उपाध्यक्षद्वय टीकाराम पौडेल र श्रीभद्र बराल, सचिव बाबुराम सुवेदी, भरतपोखरी साना किसान बहुउद्देश्यीय कृषि सहकारीका अध्यष रामजीप्रसाद अधिकारी, भरतपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यष कृष्णप्रसाद अधिकारी, कृषि ज्ञान केन्द्रका बरिष्ठ अधिकृत रामकृष्ण अर्याल लगायतले कृषि पर्यटनका माध्यमबाट उत्पादन र उत्पादकत्व बृद्धिका साथै रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिनुुभयो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, कृषि उद्यमी व्यवसायी, विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको थियो ।