बुद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा वासुदेव चयन

हिमाली आवाज । पोखराको बुद्ध विशाल बजारमा रहेको बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले बासुदेव पराजुलीको अध्यक्षतामा नयाँ संचालक समिति सर्बसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दीपक कुमार मुल्मी , सचिवमा प्रजन कुमार थापा , सह सचिवमा राम कुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुहरि पन्थी चयन हुनुभयो।

यसैगरी सदस्यहरुमा केशब बहादुर खत्री , लक्ष्मी कार्की भण्डारी , गीता कुमारी तिवारी गौतम , नवराज ढुंगाना , प्रकाश कुमार आचार्य र थम्मनसिंह गुरुङ चयन हुनुभएको छ । संस्थाको लेखा सुपरिवेक्षण संयोजकमा रुद्रनाथ पोखरेल तथा सदस्यहरु विष्णुराज अर्याल र शोभादेवी पोखरेल चयन हुनुभयो ।

संस्थाको साधारणसभाको सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकरी चोलाकान्त वाग्लेले गर्नुभएको थियो । सो अवसरमा उहाँले सहकारीलाई राम्रो र हाम्रो बनाउनको लागि संचालक समिति र कर्मचारीको इमान्दारिता र सदस्यहरुको विश्वासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष धु्रव प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका बरिस्ठ उपाध्यक्ष छबि लामिछाने, कास्की बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष श्रीकान्त ढुंगाना , निवर्तमान अध्यक्ष नगेन्द्र प्रसाद पोखरेल, राष्ट्रिय सहकारी बैंक पोखराका शाखा प्रमुख अमृत श्रेष्ठ , अडानका केन्द्रिय सदस्य रुद्रनाथ पौडेल र संस्थाका शेयर सदस्य प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उपाध्यक्ष बासुदेव पराजुलीले स्वागत तथा संस्थाका सचिव दिपक कुमार मुल्मीले कार्यक्रम संचलान गर्नु भएको थियो । साधारण सभाबाट संस्थाका वार्षिक प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएको छ ।

कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता इश्वरी रिमाल र श्याम बि.क , उत्कृष्ट कारोवारकर्ता राजेन्द्र भण्डारी र बिमला पौडेल , उत्कृष्ट कर्मचारी संस्थाका प्रबन्धक नारायण तिवारी लाई सम्मान गरिएको थियो ।

यसै गरी उत्कृष्ट अंक ल्याएर पास हुने शेयर सदस्यका छोराछोरीहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । कक्षा १२ मा आदित्य पोखरेल र समीक्षा ओझा , स्नातकमा कुसुम लम्साल स्नाकोत्तरमा डा. रोशनी गौतम र सुजन पौडेल हुनुभयो ।

यस्तै सदस्यका ज्येष्ठ बुवाआमा मध्येबाट तुलसी प्रसाद शर्मा , गमनी पोखरेल , इश्वरी प्रसाद पोखरेल , जिउ कुमारी ढुंगाना , उमादेवी पौडेल लाई सम्मान गरिएको थियो । उक्त सभामा स्वगारोहण हुनु भएका संस्थाका संस्थापक अध्यक्ष बलराम गौतमको सम्झनामा उहाँकी धर्मपत्नीलाई मरणोपरान्त सम्मान गरिएको थियो । साथै संस्थाका नव निर्वाचित अध्यक्षले संस्थाको तर्फबाट निवर्तमान अध्यक्षलाई मायाको चिनो तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

निर्वाचन उपसमीतिका संयोजक नगेन्द्र प्रसाद पोखरेलले नवनिर्वाचित संचालक समीति तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरी सपथ ग्रहण गराउनु भएको थियो भने प्रदिप कुमार लम्सालले निर्वाचन कार्यक्रमको संचालन गर्नु भएको थियो ।

Comments
Loading...