पशुपंक्षीहरुप्रतिको आत्मियता आजको आवश्यकता

सुरेश कुमार श्रेष्ठ
प्राविधिक अधिकृत, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय
गण्डकी प्रदेश
विश्व पशुपंछी दिवस सन् १९३१ देखि हरेक वर्ष अक्टोबर ४ का दिन विश्वमा मनाउन थालिएको हो ।

विश्वपशुपन्छी दिवस नेपालमा पनि विगत १५ वर्षदेखि पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवम अन्तरगतका निकायहरु र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तह पशु सेवा शाखा, महाशाखाहरुले मनाउँदै आइरहेको छ ।

मानवीय कार्यहरुबाट पशुपन्छीहरुमा नकारात्मक असर नपरोस भन्ने उद्देश्यका साथै नयाँ पिढी तथा प्रत्येक नागरिकलाई पशुपंक्षी, यिनीहरुको बासस्थान रवातावरण सम्बन्धी जनचेतना जगाउनुको साथै पशुपंक्षीहरु प्रति कर्तव्य बोधगराई नकारात्मक सामाजिक मान्यता तथा कुरितिहरुलाई समेत हटाउनका लागिनेपालमा यस वर्षपनि पशु सेवा विभाग, भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रहरु एवम स्थानीय तहका पशु सेवा शाखाहरुले सरोकारवाला निकायहरुको आयोजनामा २०८० आश्विन १७ गते “Celebration,signifinace history” भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरी “विश्व पशुपंक्षी दिवस २०८०”दिवस मनाउन लागिएको छ ।

यस अवसरमा पशुपंक्षीहरुको महत्व बुझि यिनीहरु प्रति सम्मान जनाउने, सद्व्यवहार गर्ने र सकारात्मक सचेतना फैलाउने यो अभियानमा सबैबाट सहयोग, सद्भाव र हातेमालोको लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेश,पोखरा हार्दिक आह्वान गर्दछ ।
प्रकृतिमा मानव सभ्यताको विकास संगै पशुपन्छी र मानिसको बीच एक अर्कामा अन्योन्याश्रीत सम्बन्ध भएतापनि मानवजातिले आफ्नो स्वार्थपूर्तिको लागि यिनीहरुको अत्यधिक दुरुपयोग गरी अमानवीय तरिकावाट फाईदा लिने र अनावश्यक रुपमा पशुपन्छीहरुलाई दुःख दिने गरेको पाईन्छ ।

केही मानिसहरुमा भावनात्मक रुपमा पशुपन्क्षीहरुप्रति राख्ने धारणा गर्ने व्यवहारमा परिवर्तन आएको भएतापनि यो अति नगन्य रुपमा मात्र पाईन्छ । . पशुपंक्षीहरु अवोध प्राणी भएता पनि उनीहरुमा भावना र संवेदनशीलता हुन्छ । पशुपंक्षीहरुलाई दुःख दिए दुःखी हुने र दया माया गरे खुशी दिए रमाउने र मानिसको सहयोगी भई मद्धत गर्ने गर्दछन् । हामी मानव जाती सर्वश्रेष्ठ विवेकशील प्राणी भएको नाताले कुनै जनावर प्रति कस्तो व्यवहार गरिरहेका छौँ । हामी आफैले मनन गर्नु जरुरी हुन्छ । त्यसैगरी प्राणी जगतमा अन्य विविध पक्षलाई बुझने मानवको कर्तव्य हो ।

यतिमात्र होईन, घरमापालिने घरपालुवा जनावरहरुलाई पालनपोषण गर्दा, ढुवानी गर्दा वा वध गर्दा पनि मानवीय व्यवहार गर्नु जरुरी हुन्छ । परम्परागत संकृतिको नाममा पशुपन्क्षीहरु प्रति हुने निर्दयिता रोकिनु पर्दछ । कुनै पनि पूजापाठ गर्दा, शुभकार्य गर्दा हामी अमानवीय तरिकाले जनावरहरुको वलि दिन्छँौ । जुन उनीहरुको अधिकार विरुद्धमा छ । यसरी समाजका विभिन्न व्यवहार, मान्यता,संस्कृती आदिले गर्दा हामीले पशु अधिकार हननका कार्यमा लागेका देखिन्छौँ ।

पशुपन्क्षीहरुप्रति मानव जातिवाट भइरहेको बढेदो निर्दयता, क्रुरता अमानवीय व्यवहारबाट हामी मानव जातीको सभ्यता ÷ नैतिकता माथि प्रश्न चिन्ह लाग्नु स्वभाविक हो ।
मासुको लागि नाकमा नथ्थी र पुच्छरमा डोरीले वाधेर ट्रकमा कोचि कोची ल्याएको रांगा, साईकल, मोटर साईकलमा उधो मुन्टो झुन्डयाएर जिउदो कुखुरा डुवानी गर्दा बाटोमा कडोर यातनाको कारण मरेको पशुपंक्षीको अवस्था देख्दा हामीहरुले पशुपंक्षीहरुको अधिकार हनन् गरी उनीहरु प्रति निर्वाह गर्नु पर्ने हाम्रो दायित्वलाई विर्सेको तथ्य सहजै प्रतिविम्वित हुन्छ ।

अतः पशुपंक्षिहरुको अधिकारको व्यवस्थापन गर्न मुख्य पाँच स्वतन्त्रताहरुको पालन गर्न आवश्यक छ । ती स्वतन्त्रताहरु निम्नानुसार छन् ।
१) पशुपंक्षीहरुको भोक प्यासबाट मुक्तिको स्वतन्त्रता ।
२) आरामदायी ढंगले जीउने स्वतन्त्रता ।
३) दुःख दर्द घाईते र रोगलाग्नबाट जाँच्ने स्वतन्त्रता ।
४) आफ्नो सामान्य व्यवहार प्रस्तुत गर्न पाउने स्वतन्त्रा ।
५) डर त्रास र तनावमुक्त रहन पाउने स्वतन्त्रता ।
सम्पूर्ण प्राणी जगतको अस्तित्व रक्षा गरी वातावरण सन्तुलन कायम राख्न पशुपंक्षीहरुको संरक्षण गर्नु पर्ने जिम्मेवारी हामी विवेकशील प्राणीको नाताले मानवको काधमा रहेको छ । यस धर्तिमा रहेको सवै प्राणीहरुको बाँच्न पाउने समान अधिकार भएकोले यिनीहरुलाई दया, माया गरी सही सदुपयोग गर्न समस्त मानव समाजलाई उत्पे्ररीत गराउनु परेको छ ।

सोही जिम्मेवारीलाई पूरा गर्न सन् १९३१ देखि वातावरण विज्ञहरुको एक समूहले फ्लोरेन्स सम्मेलनबाट “विश्व पशुपंक्षी दिवस मनाउने कार्यको सुरुआत भएको थियो । यस धर्तिमा रहेको सवै प्रा)िाहरुको वाँच्न पाउने समान अधिकार भएकोले यिनीहरुलाई दया, माया गरी सुदपयोग गर्न समस्त मानव समाजलाई उत्पे्ररीत गराउनु परेको छ । मानवीय कार्यहरुबाट पशुपंक्षीहरुमा नकारात्मक असर नपरोस् र उनीहरुको अधिकारको सुरक्षाहुँदै जावस् भन्ने उद्धेश्यश्यका साथ नयाँ पिँढी तथा तथा प्रत्येक नागरिकाई पशुपन्क्षी, यिनीहरुको वासस्थान र यिनीहरुको वातावराण सम्वन्धी जनचेतना जगाई पशुपन्क्षीहरुप्रति कर्तव्य वोध गरााउन र विभिन्न नकारात्मक सामाजिकमान्यताहरु हटाउनका लागि नेपालमा पनि विगत १५ वर्ष देखि विश्व पशुपन्क्षी दिवस मनाउदै आईएकोछ ।

यसै सन्दर्भमा उक्त दिवसको दिन २०८० असोज १७ गते पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पनि  विभिन्न कार्यक्रमहरुको आयोजना गरी विश्व पशुपन्क्षी दिवस २०८० मनाउन लागिएको हो । यस पुनित अवसरमा . पशुपन्क्षीहरुप्रति सम्मान जनाउन र यिनीहरुको महत्वबारेमा जनचेतना फैलाउने उदेश्यले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय पोखराले पशुपन्छी दिवस विशेषाङ्गको रुपमा हिमाली आवाज पत्रिकामा विभिन्न लेख रचनाहरु सामग्रीहरु सहितको विशेषाङ्ग प्रकाशित भएको छ । यस पुनित कार्यमा हामी सबै सर्बश्रेष्ठ प्राणीहरुले मनन गरी पशुपन्छीहरुलाई माननीय व्यवहार गर्नु पर्दछ ।

Comments
Loading...