पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु, दुई घाइते

हिमाली आवाज । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

पोखरा—२५ हेमजास्थित फुर्केटारीचोकमा ग १६ प २९१ नं र बागमती प्रदेश ०२–०१६ प ७०८४ नं. को मोटरसाइकल एक अपसमा ठक्कर खाँदा ग १६ प २९१ नं. को मोटरसाइकलका चालक गोरखा पालुङटार घर भएका ३० वर्षीय शुक्रराज  श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतामा राति निधन भएको बताइन्छ । घटनामा मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएकामा उपचार भइरहेको छ । प्रहरीले दुवै मोटरसाइकलहरु नियन्त्रणमा लिई घटनाको अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाएको छ ।

Comments
Loading...