भूकम्प प्रभावित क्षेत्रमा पृथ्वी राजमार्ग कम्पनीको निःशुल्क बस सेवा

हिमाली आवाज । पोखरामा प्रधान कार्यालय रहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गएरातिको भूकम्पबाट प्रभावित रुकुमका लागि निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले भोली कात्तिक १९ गते भुकम्प प्रभावित क्षेत्रमा जानका लागि पीडित, पीडितका आफन्त, स्वास्थ्यकर्मी तथा राहत सामग्री लिएर जाने संघ संस्थाहरुका लागि बसको व्यवस्था गरेको प्रालिका अध्ययक्ष योगेन्द्रबहादुर केसीले हिमाली आवाज डटकमलाई जानकारी दिनुभयो । उहाँका अनुसार भोली विहान ८ बजे काठमाडौँबाट छुट्ने बस पोखरा हुँदै रुकुमका लागि प्रस्थान गर्नेछ ।

अध्यक्ष केसीले भन्नुभयो,“भूकम्पबाट प्रभावित रुकुमका लागि हामीले निःशुल्क बसको व्यवस्था गरेका छौँ । पहिलो प्राथमिकतामा पीडित परिवारका आफन्त र स्वास्थ्यकर्मी हुनुहुन्छ । यससँगै राहत सामग्री लिएर जानेहरुलाई समेत निःशुल्क बस सेवा दिन्छौँ । ”

अध्यक्ष केसीले विपद्को समयमा पीडितलाई सानो भएपनि सहयोग पुगोस् भनेर सो व्यवस्था गरिएको बताउनुभयो ।पृथ्वीराजमार्ग बस कम्पनीले पोखराबाट देशका सात वटै प्रदेशमा रात्री तथा दिवा सेवामा बस सेवा प्रदान गर्दै आएको छ ।

Comments
Loading...