एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ ।

यही चैत १० गतेदेखी पोखरामा सुरु भएको अधिवेशनको आज सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ विजयी हुनुभयो । उहाँका प्रत्याशी माधव बास्तोलाले तीन सय ४७ मत ल्याउनुभयो । अधिकारी दुई सय चार मतान्तरले विजयी हुनुभएको हो । यसैगरी अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याउनुभयो ।

एमाले कास्कीको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दूई समूहले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वाचित अधिकारी खगराज तथा बास्तोलालाई गुरुङ पक्षका हुनुहुन्छ । खगराज समूहले कास्कीमा अध्यक्ष सहित पदाधिकारी सबैमा जित हासिल गरेको छ ।

उपाध्यक्षमा भेषराज बराल पाँच सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी शिवप्रसाद आचार्यले तीन सय ८८ मत पाउनुभयो । यसैगरी सचिवमा दर्शन लामाले पाँच सय ९५ मत प्राप्त गर्दा प्रत्याशी सुरेन्द्र गुरुङले तीन सय २० मत ल्याउनुभयो ।

उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी विजयी हुनुभयो । परियारले पाँच सय ८१ र सुवेदीले पाँच सय १० मत प्राप्त गर्नुभएको छ ।

Comments
Loading...