इलाम क्षेत्र नं २ मा एमाले उम्मेदवार सुहाङ विजयी

हिमाली आवाज । इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी हुनु भएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।
सुहाङसंगै चुनावी मैदानमा रहनु भएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाउनु भएको छ । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो हुनुभएको छ ।मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गर्नुभएको छ ।
नेकपा एमाले उपाध्यक्ष सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो।

Comments
Loading...