हिमाली आवाज । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीलाई मातृशोक परेको छ ।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ७ हंसपुर निवासी उहाँकी आमा कौेशिला सुवेदीको आज विहान ११ वजे ८८ बर्षको उमेरमा आप्mनै निवासमा निधन भएको हो । उहाँका एक छोरा र पाँच छोरी हुनुहुन्छ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मादीनदी किनारस्थित पास्तेदोभान घाटमा स्वर्गीय सुवेदीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
अन्त्यष्टि कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा लगायत जनप्रतिनिधिहरु, आफन्तजन, पार्टी नेता तथा कार्यकता, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघ, प्रदेश र स्थानीय तहका पदाधिकारीहरु लगायत ठूलो संख्यामा स्थानीयवासिन्दाको सहभागिता रहेको थियो ।