सार्दिखोलाको बाराही आधारभुत विद्यालयमा कुबेरा फाउन्डेसनको सहयोग

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २खाँदरजुँग  स्थित बाराही आधारभुत बिद्यालयका विद्यार्थीलाई पोशाक विरतण गरिएको छ।

विद्यालयका कक्षा नर्सरी देखी ५ सम्म अध्ययन गर्ने ४८ जना विद्यार्थीहरुलाइ कुमुदिनी होम्स इङ्लिस बोर्डिङ स्कुलका अध्यक्ष अशोक पालिखे मार्फत कुबेरा फाउन्डेसन, जर्मनका अध्यक्ष कुबेरा बाट सो सहयोग प्रदान गरिएको हो ।

विद्यालयका सहयोगी दाता खादर्जुङका जन्म भई हाल मलेसियामा कार्यरत समाजसेवी लेखबहादुर गुरुङका धर्मपत्नी मनसुबा गुरुङको प्रमुख आतिथ्यमा सो सामग्री साथै सबै विद्यार्थी लाई जुत्ता, मोजा र टाइबेल्ट बितरण गरिएको हो ।

कार्यक्रममा नेपाल् दृष्टिबिहिन कल्याण सघ कास्कीवाट न्यून दृष्टि भएका ३ जना विद्यार्थीहरु अन्जना सिरपाली , दिपेश चेपाङ ,समिक्षा गुरुङ लाई छात्रवृत्ति स्वरुप प्रती विद्यार्थी रु आठ हजारका दरले वितरण गरिएको छ ।

सहयोगीदाता लेखबहादुर गुरुङ बाट यस अघि पनि विद्यालयमा कम्पाउण्डिङ, २ थान ल्यापटप र रु तीन लाख बराबरको पोसाक, झोला, स्टेशनरी, पिउने पानी, दुइटा कक्षा कोठा र अफिस कोठामा कार्पेटिङ लगायतमा सहयोग प्राप्त भएको बताइन्छ ।

यसैगरी कुमुदिनी होम्स बाट बिगत ८ बर्स देखि विद्यार्थीलाई पोशाक शिक्षक तालीम खेलकुद सामग्री, स्टेशनरी, दिवा खाजा, आखा जाँच चस्मा औषधी लगायतमा सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर गुरुङ र संचालन बिद्यालयलका प्रधानध्यापक रामप्रसाद आचार्यले गर्नुभएको थियो ।

Comments
Loading...