हिमाली आवाज । प्रिमियम व्राडका एशोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डि एच एन ईन्टरप्राईजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्र मार्फत् चार वटा टिभिएस ब्राण्डका स्कुटर वितरण गरेको छ । कम्पनीले एक लाख भन्दा वढी मुल्यका एशोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् स्कुटर वितरण गरेको हो ।
यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोल स्थित रिहानन मोईलका सुकुल अलिमिया, भिमादको ए टु जेड मोवाईलका उत्तम सुवेदी, एन्जिला मोवाईल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोवाईलका संचालक हेमराज पुनले स्कुटर जित्न सफल हुनुभयो । लक्की ड्र विजेताहरुलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, निवर्तमान अध्यक्ष पवन प्रजापती र गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह र नेपाल मोवाईल वितरक संघ केन्द्रिय कार्यालयका वरिष्ठ उपाध्यक्ष शिवराज पहारीले हस्तान्तरण गर्नुभयो।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले वर्तमान अवस्थामा व्यवसायीकै उत्प्रेरणाका लागि डिएचएन ईन्टरप्राईजेजले व्यवसायीलाई स्कुटर उपहार दिनु आफैमा उत्कृष्ट कार्य भएको बताउनुभयो ।
डि एच एन ईन्टरप्राईजेजका संचालक विनोद केसीका अनुसार लक्की ड्र कार्यक्रममा सवै भन्दा उत्कृष्ठ व्यवसायीलाई लक्कि ड्र मार्फतनै बिजेता ब्यवसाईहरुलाइ गिफ्ट ह्याम्पर सहित सम्मान पनि गरिएको हो ।
महेन्द्रपुल स्थित विक्की ट्रेडर्स, स्याङजा गल्याङ्को लाङ्घाली मोवाईल, पोखरा स्थित विपी चोकको धौलागिरी मोवाईल, भिमाद स्थित ए टु जेड मोवाईल, महेन्द्रपुल पोखराकै आर्यन मोवाईल, स्याङ्जा स्थित संसार मोवाईल, महेन्द्रपु मोवाईल टावर स्थित मेरो डिजिटेक र दुलेगौडाको पोख्रेल मोवाईललाई उत्कृष्ठ विक्रिेताका रुपमा पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा प्राईड एक्स्पोर्ट ईम्पोट प्रालिले ल्याएको के एक्स डि व्राण्डको नया एन्ड्रोईड मोवाईल समेत लन्चिङ्ग गरिएको थियो । नया मोवाईको मुल्य र फिचर पनि उत्कृष्ट रहेको प्राईडका वजार प्रमुख राजेन्द्र विष्टले जानकारी दिनुभयो ।
नेपाल मोवाईल व्यवसायी महासंघ कास्कीका अध्यक्ष उदय वहादुर के सी, पोखरा ईलेक्ट्रोनिक व्यवसायी संघ कास्कीका अध्यक्ष नारायण सुवेदी, प्राईड ईम्पोट एक्स्पोर्ट प्रालिका वजार प्रमुख राजेन्द्र विष्ट र विज्ञान तिमिल्सिना लगायतले भनाई राख्नुभयो ।