हिमाली आवाज । प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल गण्डकी प्रदेश समितिको विस्तारित बैठक पोखरामा सम्पन्न भएको छ ।
अन्नपूर्ण गाउपालिकाको लुम्ले कृषि अनुसन्धान केन्द्रमा यही मंसिर २८ र २९ गते संघका प्रदेश अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले बैठकमा समाजवाद उन्मुख राज्यले लिनु पर्ने स्वास्थ्य नीतिका बारेमा छलफल गरेको थियो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा स्थायी समितिका सदस्य एव गण्डकी प्रदेश पार्टी इन्चार्ज दिननाथ शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
बैठकमा प्रदेश पार्टी अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य एव कास्की ईन्चार्ज रामजी बराल ,स्वास्थ फ्याक्सन इन्चार्ज मीन गुरुङ ,पुर्ब स्वास्थ सचिव एव स्वास्थ्य विज्ञ डा.गुणराज लोहनी,पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्ब उपकुलपति एब स्वास्थ्य विज्ञ प्रा.डा.बुद्धि बहादुर थापा, संगठनका केन्द्रीय अध्यक्ष बामदेव अर्याल,औषधि ब्यबसायी संघ गण्डकीका अध्यक्ष केशरी तिवारी लगायत जनस्वास्थ्य बिज्ञहरुको उपस्थिति रहेको थियो ।
बैठकमा डा सुदन अधिकारीको समाजवाद उन्मुख राज्यले लिनु पर्ने स्वास्थ्य नीतिका बारेमा प्रस्तुत कार्यपत्रमाथि स्वास्थ्य विज्ञद्धय डा गुणराज लोहनी र डा बुद्धि बहादुर थापाले टिप्पणी गर्नुभयो भने सहभागीहरुबाट ब्यापक छलफल भएको थियो ।
बैठकमा कन्डकी प्रदेश अन्तर्गत ११ जिल्ला संयोजक, आठ घटक संगठनका अध्यक्षले रिपोर्टिङ राख्नु भएको अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो ।