हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं– ६ बैदाममा स्थित उपकार बचत तथा ऋण सहकारी संस्था पोखराको छैठौ अधिवेशनबाट अध्यक्षमा सूर्यनाथ पहारी निर्विरोध निर्वाचित हुनुभएको छ । सो सहकारीको शनिबार सम्पन्न अधिवेशनले पहारीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा सुन्दरराज पहारी, सचिव कृष्ण कुमारी पौडेल, कोषाध्यक्ष बैकुण्ठ ढुङ्गाना सर्वसम्मत हुनुभयो । यसैगरी सदस्यहरुमा राम खाण, कृष्ण प्रसाद बास्ताकोटी, भगिरथी क्षेत्री, हरि प्रसाद पहारी र रश्मिता बराल रहनुभएको छ । लेखा समितिको संयोजकमा अर्मत भुजेल सदस्यहरु हेरम्व राज अधिकारी र हेमराज चालिसे हुनुहुन्छ । सभाले ऋण उपसमिति र शिक्षा उपसमिति समेत गठन गरेको छ.।
ऋणसमितिमा धनपति पौडेल र लक्ष्मी सुबेदी तथा शिक्षामा हरिराज कोइराला र सिर्जना शर्मा भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक तथा अधिवक्ता मदन प्रसाद तिवारीले जानकारी दिनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णु बहादुर भट्टराइले ले सहकारी संस्थाहरु नियम र कानुन अनुसार सञ्चालन हुनुपर्ने बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष सूर्यनाथ पहारीले सहकारी प्रति जनमानसमा परेको नकरात्मक सोच र सहकारीको बिसंगती विरुद्ध लडनका लागि संचालक समिति मात्र सक्षम भएर नहुने बताउदै कर्मचारीहरुको नियत सफा हुनु पर्नेमा जोड दिनुभयो । सचिव सुन्दरराज पहारीले सहकारीलाइ पोखराकै उत्कृष्ट सहकारी रुपमा अगाडी बढाउने गृहकार्यमा लागि परेको बताउदै, सवैको साथ सहयोग को आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दर्गा देवी पहारी, सल्लाहकार फत्त बहादुर थापा र शेयर सदस्य तुलसी दाहाल र सदस्य लक्ष्मी सुबेदी लगायतले सहकारी संस्थाले बचतकर्ताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
साधारणसभाले संस्थाका सचिव सुन्दराज पहारी प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बैकुण्ठ ढुङ्गानाले ले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
विसं २०६५ मा स्थापना भएको सहकारीमा ३ सय ६५जना शेयर सदस्य छन । संस्थाको शेयर पूँजी शेयर ९ करोड ३४ लाख ५३ हजार ३ सय र निक्षेप संकलन २९ करोड ९३ लाख ३९ हजार ५१ रुपैयाँ रहेको संस्थाले २९ करोड २९ लाख ५२ हजार ४ सय ७९ रुपैया कर्जा लगानी गरेको छ ।