हिमाली आवाज । पोखरामा सम्पन्न प्रथम पर्वतीय दौड प्रतियोगिता २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक प्रा.लि.को आयोजनामा गत असोज १२ गते पोखरामा आयोजना भएको उक्त प्रतियोगिताको प्रा.लि.ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत आय व्यय सार्वजनिक गरेको हो ।
विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्र्दभमा खेल पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न संघ संस्था तथा व्यक्तिबाट २ लाख ५८ हजार ७ सय ५२ रुपैया आम्दानी भएको भएको प्रा.लि.ले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४ लाख ४ हजार ८ सय २० रुपैया खर्च भएको प्रा.लि.का अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनुभयो ।
उक्त प्रतियोगिताबाट १ लाख ४६ हजार ६८ रुपैया नोक्सान भएको उहाँले बताउनुभयो । उक्त प्रतियोगितालाई सफल पार्न विभिन्न संघ संस्थाबाट १ लाख ५२ हजार ६८ रुपैया उठ्न बाँकी रहेको संयोजक बरालले बताउनुभयो ।
पोखरा क्लिक प्रालिले पोखरा २२ (पुम्दी भुम्दी) ले आयोजना गरेको उक्त ८ किलोमिटर पर्वतीय दौडमा नर्वेका दुई महिला धावक सहित ७९ जना धावकहरुले सहभागि भएका थिए ।