माछापुच्छ्रेको अन्नपूर्ण आधारभुत स्कुलका विद्यार्थीलाई न्यानो कपडा सहयोग

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ८ कालीमाटीमा अवस्थित अन्नपूर्ण आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा(जकेट) र शैक्षिक सामग्री वितरण गरिएको छ ।‘कर्मा ट्रेक्स एण्ड एड्भेन्चर विथ पर्पस’ र ‘ट्रेकिङ विथ पर्पस अष्ट्रेलिया को सहयोगमा सो सामग्री सहयोग गरिएको हो ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक उन्नयनका लागि वडाले सदैव साथ र सहयोग गरिरहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद भन्डारीले विभिन्न दाताहरुको सहयोगमा विद्यार्थीलाई सहयोग गर्दै आएको बताउनुभयो । उहाँले यस खालको सहयोगले विद्यालयको शैक्षिक विकासमा मद्धत पुगेको बताउनुभयो ।

कार्यक्रममा कर्मा ट्रेक्स एण्ड एड्भेन्चरका म्यानेजर रेनुका कार्कीले संस्थाको तर्फबाट निरन्तर विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।अष्ट्रेलियाका लुइसले विद्यालयको आठ कोठाको नवनिर्मित भवनमा रङ लगाउने सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

युवा समाजसेवी एवं पर्यटन व्यवसायी राजु परियार,अष्ट्रेलियाबाट आउनुभएका एन्ड्रु,लुइस, टोनी, पिटर, रिचर्ड लगायतको सहभागिता थियो ।

Comments
Loading...