हिमाली आवाज । कास्कीको काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा ३४औ वार्षिक उत्सवको अवसरमा खेलकुद तथा अतिरीक्त क्रियाकलापहरु विहीबार सकिएको छ । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष किरण के सीले देशको भविष्य युवाको हातमा रहेको बताउदै युवा पलायन रोक्नका लागि सवै क्षेत्रबाट पहल हुनुपर्ने बताउनुभयो ।
उहाँले आफु आवद्ध के सी ग्रुप एव अन्य व्यवसायीक प्रतिष्ठानहरुमा कालिका बहुमुखी क्याम्पसमा उत्कृष्ट अंक सहित उत्तीण हुने विद्यार्थीहरुलाई क्याम्पसमा नै उपस्थित भएर रोजगारीका लागि छनौट गर्ने बताउनुभयो ।
क्याम्पसमा आन्तरीक खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
यही पुस ४ गतेदेखी कार्यक्रम सुरु भएको हो । एक सातासप्म सञ्चालन भएको कार्यक्रमहरुमा खेलकुद सहित हाजिरी जवाफ , कविता, निवन्ध वक्त्तित्वकला , रक्तदान नृत्य प्रतियोगिताहरु भए।
क्याम्पसका विभिन्न संकायका छात्र तथा छात्रा वीच भलिबल, बास्केटबल , फुटबल, टेवल टेनिस, व्याड मेन्टिन, हाइजम्प, लम्मजम्प, निवन्ध , वक्त्तित्वकला, कविता, हाजिरीजवाफ सम्पन्न भएका छन् । उक्त प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने समूहहरुलाई पुष १२ गते हुने वार्षिकोत्सव समारोहमा नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरीने क्याम्पसले जनाएको छ ।
क्याम्पसको वार्षिकोत्सवको पूर्व सन्ध्यामा कालिका टोल विकास संस्था र क्याम्पसको संयुक्त आयोजनामा भएको रक्तदानमा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक मथुरा पौडेलले बताउनुभयो । कार्यक्रममा रक्तसञ्चार केन्द्र रामघाटको प्रविधिक सहयोग थियो । निर्वतमान क्याम्पस प्रमुख रबीन्द्रनाथ वास्तोलाले पहिलो रक्तदाता शिक्षक संन्तोषमणी लामिछानेलाई ब्लड व्याग हस्तारण गरेर उदघाटन गर्नुभयो।
वार्षिकोत्सवलाई मध्यनजर गदै कालिका टोल, आमा समुह र क्याम्पस परीवार विच मैत्रीपूर्ण भलिबल तथा रस्साकसी कार्यक्रम समेत भएको थियो । यसै अवसरमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गदै क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसलाई थप उचाईमा पुर्याउन र क्याम्पसले हासिल गरेका प्रगतीहरुमा विद्यार्थीहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
क्याम्पसले विद्यार्थीहरुलाई रोजगारीको व्यवस्थापन, सिपमुलक क्षमता विकासको साथै अनुशासित नागरीक बनाउने उद्देश्य रहेको बताउँदै गौतमले ज्ञान, सिप र अनुधान जिवनमा धेरै नै महत्तवपूर्ण रहने कुरा व्यक्त गदै क्याम्पसमा विगत लामो समय देखी अध्यापन गराउदै आएका अनुभवी शिक्षकले कितावी ज्ञानका साथमा व्यवहारीक तथा नैतिक शिक्षा प्रदान गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना , युवराज गुरुङ्ग ,पूर्व विद्यार्थी मञ्चका सदस्य विष्णुमाया थापा , विद्यार्थी कल्याणकारी समितिका सचिव तेजेन्द्र के सीले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्नुभयो । शिक्षिका साम्राज्ञी थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सन्तोषमणी लामिछाने र शिशिर ज्ञवालीले गर्नुभएको थियो ।

