हिमाली आवाज । नेपाल टेलिकमले संविधान दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै ‘संविधान दिवस अफर २०८३’ ल्याएको छ। अफरअन्तर्गत ग्राहकले ३० दिनका लागि दैनिक ५ जीबीदेखि १० जीबीसम्म डाटा प्रयोग गर्न सक्नेछन्।

टेलिकमले अफरअन्तर्गत ‘अनलिमिटेड लाइट ४९९’ र ‘अनलिमिटेड प्रो ६९९’ गरी दुईवटा प्याकेज उपलब्ध गराएको छ।
रु. ४९९ (करसहित) पर्ने अनलिमिटेड लाइट प्याकेजमा ३० दिनसम्म दैनिक ५ जीबी डाटा उपलब्ध हुनेछ। दैनिक ५ जीबीको सीमा पूरा भएपछि पनि बाँकी अवधिभर २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
त्यस्तै, बढी डाटा प्रयोग गर्ने ग्राहकका लागि रु. ६९९ (करसहित) मा अनलिमिटेड प्रो प्याकेज उपलब्ध छ। यसमा ३० दिनसम्म दैनिक १० जीबी डाटा पाइनेछ। दैनिक १० जीबीको सीमा सकिएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन सकिने टेलिकमले जनाएको छ। पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि भने प्याकेजमै रेन्टल चार्जसमेत समावेश गरिएको छ।
नेपाल टेलिकमका अनुसार यो अफर २०८३ असोज २ गतेदेखि असोज ४ गतेसम्म तीन दिन मात्र उपलब्ध हुनेछ।अफर लिन ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गर्न सक्नेछन्। त्यसैगरी, नेपाल टेलिकम एपमार्फत पनि प्याकेज खरिद गर्न सकिनेछ।
