हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
सहकारी ठगी मुद्धामा अनुसन्धान गरिरहेको प्रहरीले लामिछाने, सहकारीका संस्थापक गितेन्द्रबाबु राई (जिवी)सहित ६५ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित सोमबार जिल्ला सरकारी वकीलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
हो ।प्रहरीले ती प्रतिवादीबिरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो मागदाबी गर्नपनि राय दिएको छ ।सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी उहाँलाई पोखरा ल्याइएको थियो ।