पोखरामा शुक्रबारदेखी किराना पसलबाटै ग्यास बिक्री गरिने

हिमाली आवाज । पोखरामा शुक्रबारदेखी किराना पसलहरुबाटनै ग्यास बिक्री वितरण हुने भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले आपूर्ति सहज हुँदै गएकाले पसलहरुबाटनै बिक्रीको प्रवन्ध गरिएको बताउनुभयो । उहाँले केही दिनयता ग्यास डिपोहरुबाट बिक्री गरिएपनि अव अवस्था सहज बन्दै गएकाले विगतमा जसरीनै बिक्री वितरण गरिने बताउनुभयो ।
“ कास्कीका ग्यास आपूर्तिमा विगत वर्षहरुमा जस्तै छ तर बजारमा केही समय अभाव भयोे । हामीले भोली शुक्रबारदेखी उपभोक्ता लाइनमा बस्न नपर्ने गरी साविकमा जसरी किराना पसलहरुबाटनै बिक्री गर्ने प्रवन्ध गरेका छौँ । अव सिलिण्डर बोकेर ग्यास खोज्दै लाइनमा बस्नुपर्ने अवस्था आउँदैन ।” सहायक प्रजिअ बरालले हिमाली आवाजसँग भन्नुभयो ।

पोखरामा साउन पहिलोसातादेखी खाना पकाउने एलपि ग्यासको चरम अभाव छ । नागरिकहरु रित्तो सिलिण्डर बोकेर ग्यास डिपो अगाडि घण्टौँसम्म कुनुपर्ने बाध्यतामा छन् । प्रशासनले ग्यासको कालोबजारी हुन नदिनका लागि अनुगमन समेत गर्दै आएको छ ।

Comments
Loading...