पोखराको पर्यटकीय क्षेत्र सराङकोटमा नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन

हिमाली आवाज । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–१८ मा नवनिर्मित प्रहरी चौकी भवन सराङकोटको बिहीबार भवन उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले एक कार्यक्रमकाबीच भवन उद्घाटन गर्नुभयो ।
सराङकोट चपाई चौतारामा निर्माण गरिएको उक्त भवनबाट स्थानीयवासीलाई शान्ति सुरक्षा तथा प्रहरी सेवा प्रवाहमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ ।
गण्डकी प्रदेश सरकारको स्वीकृत बजेट रु दुई करोड ४० लाख ४५ हजार ९८३ लागतमा भवन निर्माणका लागि विसं २०८१ असार २३ गते ठेक्का सम्झौता भएको थियो । जसमा कार्यालय भवन, मेश भवन, शौचालय, प्रतिक्षालय, गेट तथा पेरिमिटर निर्माण गरिएको छ ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक घर्तीले सराङकोट पछिल्लो समय पोखराको मुख्य पर्यटकीय गन्तव्य रहेकाले यहाँ भ्रमण गर्न पाउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा महत्वपूर्ण हुने बताउनुभयो ।

“साहसिक खेल प्याराग्लाईडिङ, केबुलकार र धार्मिक स्थल तथा ठुला ठुला होटल रेष्टुरेन्टहरु सञ्चालन हुँदै आई रहेको यस क्षेत्रमा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवालाई बिस्तृत गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।” उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले पर्यटकीय क्षेत्रका रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत परिचित सराङकोटमा प्रहरी चौकी स्थापनाले पर्यटकले शान्ति सुरक्षाको अनुभुति गर्नुका साथै नागरिकलाई समेत सुरक्षाको प्रत्याभूति हुने र शान्ति सुरक्षा व्यवस्थापन अझ प्रभावकारी बन्ने बताउनुभयो ।

“प्रहरी सेवा नागरिकमैत्री, प्रभावकारी र सहज बनाउन भौतिक पूर्वाधारसँगै सेवा प्रवाहमा समेत निरन्तर सुधार आवश्यक छ । स्थानीय तह, नागरिक तथा प्रहरीबीचको सहकार्यबाट शान्ति सुरक्षालाई थप मजबुत बनाउन सकिन्छ । ” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो ।
भवन उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि

Comments
Loading...