घाचोकको सिर्जना बहुउद्धेश्शीय सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा लम्साल

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ३ मा अवस्थित सिर्जना बहुउद्धेश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गरिएको छ ।संस्थाका आज सम्पन्न सातौं साधारण सभा तथा विशेष अधिवेशनले सञ्चालक समितिको अध्यक्षमा विश्वेश्वर लम्साललाई सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष्माा दिनेश पोखरेल,सचिव शिव प्रसाद पोखरेल,कोषाध्यक्ष जगदिश लम्साल र सहसचिवमा सचिव राजाराम पौडेल चयन हुनुभयो ।सदस्यहरुमा लेखनाथ लम्साल,सुनिता कार्की, रीता पौडेल आचार्य, तारादेवी सापकोटा, जयलाल पौडेल, सागर पुन र राजाराम पोखरेल रहनुभएको छ ।

यसैगरी लेखा समिति संयोजकमा विश्वमोहन पोखरेल र सदस्यहरुमा पदम नेपाली र गंगादेवी पोखरेल हुनुहुन्छ । ऋण समितिमा सुरेशचन्द्र लम्साल र राधिका केसी, स्वास्थ्य समितिमा नन्दलाल लम्साल र विष्णुप्रसाद पोखरेल रहनुभएको छ । सञ्चालक समितिमा थप एक महिला सदस्य समितिको बैठकले मनोनित गर्ने नवनिर्वाचित उपाध्यक्ष दिनेश पोखरेलले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष महेश्वर पोखरेलको अध्यक्षतामा सम्पनन्न साधारणसभाको उद्घाटन वडाध्यक्ष हरिश्चन्द्र लम्सालले गर्नुभएको थियो । साधारणसभाले सभामा प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको छ ।

Comments
Loading...