हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा २ जना सदस्य मनोनित भएका छन् । मनोनित हुनेमा साजन गिफ्ट एण्ड किचन कर्नरका प्रोपाइटर डिल्लीराज सुवेदी तथा थापा सप्लायर्सका प्रोप्राइटर तुलबहादुर थापा रहनुभएको छ ।

अध्यक्ष शोभा गौतमले संघको विधान २०६५( पहिलो संशोधन) २०७२ को परिच्छेद ६.१.१(ड) ले दिएको अधिकार प्रयोग गर्दै दुवैलाई कार्यसमितिमा मनोनित गर्नुभएको हो । सो धाराले अध्यक्षलाई कार्यसमितिको सहमतिमा ४ जना सदस्य मनोनित गर्ने अधिकार दिएको छ । मनोनित दुवै सदस्यले बुधबार नै पद तथा गोपनीयताको सपथ लिनुभयो ।
