हिमाली आवाज । टीभीएस बाइक तथा स्कुटरको पोखराको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले लेखनाथस्थित तालचोकमा नयाँ शोरुम खोलेको छ ।
टीभीएसका मोटरसाइकल तथा स्कुटरको बिक्री, सर्भिस र स्पेयर पाट्र्स सुविधा उपलब्ध हुने गरी नयाँ शोरुम सञ्चालनमा आएको हो ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै लेखनाथ तथा आसपासका क्षेत्रका ग्राहकले टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्नुका साथै सवारीसाधनको सर्भिसिङ र आवश्यक स्पेयर पाट्र्सको सुविधा एउटै स्थानबाट प्राप्त गर्न सक्ने स्क्वायर्स मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शोरुमबाट ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मत सम्भारसम्मका सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

“यसले लेखनाथ क्षेत्रका टीभीएसका ग्राहकलाई सवारीसाधनको सर्भिसिङ तथा आवश्यक पाट्र्सका लागि अन्यत्र जानुपर्ने बाध्यता हुनेछैन । ” श्रेष्ठले भन्नुभयो ।
लेखनाथको तालचोकमा रहेको शोरुमले टीभीएसका मोटरसाइकल तथा स्कुटर प्रयोगकर्तालाई सहज र एकीकृत सेवा उपलब्ध गराउने जनाएको छ ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै लेखनाथ क्षेत्रका ग्राहकले टीभीएसका सवारीसाधन खरिद तथा मर्मतसम्भारसम्बन्धी सेवा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने स्क्वायर्स मोटर्सका प्रवन्ध निर्देशक विनोज पोटेले जानकारी दिनुभयो । उहाँका अनुसार थ्रीएस शोरुमको दशैँ पछाडि औपचारिक शुभारम्भ गरिनेछ ।
“ हामीले लेखनामा शोरुम खोलेर सेवा सुरु गरिसकेका छौँ । यसको औपचारिक उद्घाटन भने दशैँ पछि गर्ने योजना छ । यसलाई हामीले थ्रीएसका रुपमा विकास गरेका छौँ ।” पोटेले भन्नुभयो । टिभिएसका मोटरसाइकलविधामा अपाचे आरटीआर १६०,अपाचे आरटीआर १६० फोरभी अपाचे आरटीआर २०० फोरभी तथा स्कुटरतर्फ एनटर्क १२५, एनटर्क एक्सपी,एनटर्क १५०, जुपिटर तथा विद्युतीय स्कुटर आईक्युब र अर्बिटर बजारमा उपलव्ध छन् ।
