मादीको शिर क्रपु डाँडामा किन घुम्न जाने?

♦गुमान गुरुङ
‘क्रपु’ अर्थात गुरूङ भाषामा टाउकाको सबैभन्दा माथिल्लो भाग ‘क्रपु’ भन्ने जनाउँछ ।धेरै बर्ष पहिला ताङतिङदेखि एक महिला निन्द्रामा कोईरासात(तान बुन्ने सामाग्रीहरू )गुरूङ भाषामा बोकेर क्रपु बाटो हिडेको र कोईरासातर तान दुई ढुङ्गा बिचमा अड्किएपछि बिउँझिएको कथन रहेको ठाउं ‘क्रर्पु’ हो ।जुन माथिल्लो क्र्रपु नजिक छ । क्र्रपु डाँडा मादी गाउँपालिका मादी–२ मा पर्दछ ।

पहिला गुरूङहरू क्रपुमा बसोबास गरेको प्रमाणहरू त्यहाँ रहेको पुराना भग्ना अवशेषहरू घडेरीहरू,ढुङ्गाको ओखल आदिले देखाउँछ भने गोठालाहरूले गोठहरू क्रर्पुमा ल्याएपछि मानिसहरू दशैंको भेडा किन्नलाई वाचोक,भाचोक,याङ्जाकोट,तारकाङ,भैंसी,ताङतिङ,लमजुङको पसगाउं,सिङ्दी लगायतका गाउँहरु र अन्य ठाउँका व्यापारीहरु आउने भएकोले क्र्रपु एक व्यापारिक केन्द्र रहेको ईतहास पाईन्छ ।

उक्त क्रममा मानिसहरूबीच विभिन्न खालका नाता सम्बन्धहरू मीत र बैबाहिक सम्बन्धहरू पनि जोडिएको पाईन्छ भने दुधपोखरी तिर्थयात्रा मार्ग,क्वहोला सोंथर( गुरूङ आदिम थलो,लमजुङका विभिनन्न गाउँहरु जोड्ने ‘ट्यान्जिट् पोइन्ट्’ हो । सिमाना वा प्राकृतिक श्रोतहरू बारेमा लमजुङका केही गाउँहरुसँग विवाद रहेको ईतिहास रहे पनि हाल भने क्रर्पु मादी गाउंपालिकामा पर्छ ।समुन्द्र सतहबाट २९०० देखी ३०८५ मिटर उचाईमा तल्लो र माथिल्लो क्रपु उचाईमा अवस्थित रहेको छ ।

(वाचोक,भोचो,याङ्जाकोट,ताङतिङ,सिङ्दी लगायतको ठाउंबाट यहाँ पुग्न सकिन्छ । पछिल्लो समय ताङतिङदेखि क्रर्पु सडकले जोडेपछि गुँरासमा रम्न र हिउँमा खेल्नलाई पोखराबाट सबैभन्दा नजिकको हिउँ खेल्ने गन्तव्य बनेको छ ।

क्रपुबाट बिहानको सूर्याेदय, पोखरा,बेगनास र रूपा तालहरू,अन्नपूर्ण(२,माछापुच्छ्रे ,लमजुङ र अन्य झन्दै दर्जनौ हिमालहरू ,उच्चस्तरीय सुन्दर डांडाहरू र अन्य धेरै गाउंहरू देख्न सकिन्छ ।

मादी गाउँपालिकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर नौम्जुमा(२,क्रर्पुमा(३,चौम्रो मा(१, तप्रोमा(१,क्वहोला सोंथरमा(१ र कवुचे मा गरी वैकल्पिक सोलार बत्ती जडान गरेको छ ।

क्र्रर्पुमा अटोमेटिक सोलार वाटार लिफ्टिङ मेसिन मर्मतमा रहेकाले सो व्यवस्था गरेको छ । हाल बास बस्नलाई याङजकोट निवासी रारा गुरूङ र चण्डी गुरूङ बाट २०४६ सालमा र सिङ्देली गाउँलेबाट बनाएको दुई धर्मशालाहरू रहेको छ ।आजभोली आन्तरिक पर्यटकहरू टेन्ट लिई जानेको संख्या दिनानु दिन बढ्दो छ ।

पोखराको काउँखोला देखि ताङतिङ हुँदै सवारी(जीप र मोटर साईकल) साधनमा ३ घण्टा भित्र र ताङतिङदेखि सवारी साधनमा १ घण्टा र पैदल ३ घण्टामा क्रर्पु पुग्न सकिन्छ भने पर्यटक व्यवस्थापनको जिम्मेवारी ताङतिङका युवाहरूको पाएको छ ।

Comments
Loading...