पोखरा–२६ का वडाध्यक्ष थापाद्धारा युएइमा अलपत्र रानाभाटको उद्धार

हिमाली आवाज । पाँच महिना देखी युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाईएको छ ।वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखी रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाउनुभयो ।रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुग्नुभएको थियो ।

शुरुमा एघारसय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाएपछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सर्नुभयो । त्यहाँ पनि भनेजति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्या भयो ।

कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखी उहाँ सडकमै अलपत्र पर्नुभयो । कैयन पटक घर आउन खोज्नुभएका रानाभाटले भन्नुभयोर्, तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।” अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अविभावकनै भेट्टाएको बताउनुभयो ।

कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिन काट्ने गरेको उहाँले बताउनुभयो । कैयन रात भोकभोकै बिताए र गर्मिबाट बच्न दिनभरी सार्वजनिक यातायातमा हिड्ने गरेको रानाभाटको भनाई छ ।खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा पुग्नुभएका पोखरा वडा नं. २६ का अध्यक्ष थापाले उद्धार गर्नुभयो ।

छोरालाई उद्धार गरेर ल्याईदिएपछि रानाभाटकी आमा शान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको उल्लेख गर्नुभयो ।े आफुहरुलाई टिकटकमा छोरा अलपत्र परेको भिडियो गाउँले देखाईदिएको उहाँले बताउनुभयो । छोरा फर्कियो, अव यही सहारा हो, शान्तिले भन्नुभयो ।
घर फर्किएका अमृतले पनि अव गाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने उल्लेख गर्नुभयो । अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताउनुभयो ।

थापाले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट युएई पुग्नुभएको हो ।

Comments
Loading...